‘पिएम कप’ क्रिकेट गण्डकी प्रदेशस्तरीय छनोट सुरु, कास्कीको विजयी सुरुआत
कास्की । पोखरामा आजदेखि ‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय एकदिवसीय छनोट प्रतियोगिता सुरु भएको छ।
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा रोहित चन्दको शतकमा कास्कीले बागलुङलाई २५४ रनले पराजित गर्याे। खेलमा पहिले ब्याटिङ गरेको कास्कीले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ३२६ रनको विशाल योगफल बनायो । टोलीका लागि रोहित चन्दले १३० बलमा १२ चौका र ६ छक्काको सहयोगमा १३१ रनको उत्कृष्ट पारी खेले ।
मुस्कान थापाले ९१ बलमा ११ चौका र तीन छक्कासहित ९३ रन बनाए । अर्जुन कुमालले ३२ रन बनाए भने सफल श्रेष्ठ १६ रन र कृष्ण पौडेल २१ रनमा अविजित रहँदै टोलीलाई मजबुत स्कोरसम्म पुर्याए ।
बागलुङका लागि अश्विन थापाले दुई विकेट लिए भने कुशल खड्का र विश्व कार्कीले समान एक/एक विकेट लिए । जितका लागि ३२७ रनको विशाल लक्ष्य पछ्याएको बागलुङ २३ दशमलव दुई ओभरमा ७२ रनमै अलआउट भयो । टोलीका लागि आरस तामाङले २३ रन बनाए ।
कास्कीका लागि विश्वास पराजुलीले चार विकेट लिए भने सुवास भण्डारी र विपिन खत्रीले समान दुई/दुई विकेट लिए । गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा हुने उक्त प्रतियोगिता आगामी चैत ३ गतेसम्म पोखरा रङ्गशालाको क्रिकेट मैदान र लेखनाथस्थित इडन हेभेन क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा कास्की, स्याङ्जा, बागलुङ, तनहुँ, नवलपुर र पर्वत गरी गण्डकी प्रदेशका ६ जिल्लाबिच प्रतिस्पर्धा हुने गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए। प्रतियोगिताबाट उत्कृष्ट २४ जना खेलाडी छनोट गरी उनीहरूलाई बन्द प्रशिक्षणमा सहभागी गराइनेछ ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले छनोट प्रतियोगिताले प्रदेशका प्रतिभाशाली क्रिकेट खेलाडीलाई राष्ट्रियस्तरमा पुग्ने महत्वपूर्ण अवसर प्रदान गर्ने बताए।
मन्त्री थापाले क्रिकेट आज नेपाली युवाको सबैभन्दा लोकप्रिय खेलका रूपमा स्थापित भइसकेको उल्लेख गर्दै यसले युवामा ऊर्जा, आत्मविश्वास र सकारात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु र शंकरको गृह–प्रदेशका अधिकांश नेता ओलीलाई बिदाई गर्ने पक्षमा
-
अभियान र नारा खाँदेर पोखराका मेयरले प्रस्तुत गरे नीति तथा कार्यक्रम
-
प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार : ९ वटा कार्यसूची तय
-
‘यो कठपुतली सरकार हो, जगमै खोट छ’
-
पोखरा महानगरले अनलाइनबाट गुनासो लिने, सेवा प्रवाहलाई व्यवस्थित बनाउन लाइन बस्ने अभियान चलाइने
-
न्यायाधीशको हस्ताक्षर कीर्ते गर्ने अधिकारी जेल चलान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण