सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संसदीय निर्वाचनमा विदेशी हस्तक्षेप : क्रान्तिकारी कम्युनिस्ट पार्टी

बिहीबार, २८ फागुन २०८२, २२ : ५२
बिहीबार, २८ फागुन २०८२

सारांश

  • क्रान्तिकारी कम्युनिस्ट पार्टीले संसदीय निर्वाचन बहिष्कार सफल भएको दाबी गरेको छ।
  • पार्टीले निर्वाचनमा साम्राज्यवादी र विस्तारवादी शक्तिहरूको हस्तक्षेपको आरोप लगाएको छ।
  • पार्टीले संसदीय व्यवस्थाबाट परिवर्तन सम्भव नहुने भन्दै मोर्चा निर्माणमा जोड दिने जनाएको छ।

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले फागुन २१ मा सम्पन्न संसदीय निर्वाचन आफ्नो बहिष्कारको नीति सफल भएको दाबी गर्दै उक्त निर्वाचनमा साम्राज्यवादी र विस्तारवादी शक्तिहरूको हस्तक्षेप रहेको गम्भीर आरोप लगाएको छ ।

पार्टीका प्रवक्ता सुदर्शनद्वारा जारी विज्ञप्तिमा निर्वाचन आयोगले घोषणा गरेभन्दा निकै कम मत खस्नु र विभिन्न जिल्लाका ६ वटा मतदान केन्द्रबाट जनताले खाली मतपेटिका पठाउनुले बहिष्कार सफल भएको प्रमाणका रूपमा प्रस्तुत गरिएको छ ।

पार्टीले ‘जेनजी विद्रोह’ का नाममा सरकार परिवर्तन गराइनु र चुनावको परिणाम नआउँदै अमेरिकाले नयाँ सरकारसँग सहकार्य गर्ने वक्तव्य दिनुले निर्वाचनमा वैदेशिक प्रायोजन पुष्टि भएको ठहर गरेको छ ।

पार्टीले  विज्ञप्ति मार्फत संसदीय व्यवस्थाबाट आधारभूत परिवर्तन सम्भव नहुने भन्दै पार्टीले अब आफ्नो सम्पूर्ण शक्ति राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै साम्राज्यवाद विरोधी संयुक्त मोर्चा निर्माणमा केन्द्रित गर्ने निर्णय गरेको जनाएको छ ।

646897493_1319724573536119_8733400923904808939_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप