रौतहट वनक्षेत्र भित्र निर्मित ६ अवैध घरटहरा भत्काइयो
सारांश
- रौतहटको वन क्षेत्रमा अवैध रूपमा बनाइएका ६ वटा घरटहरा भत्काइएको छ।
- चन्द्रपुर नगरपालिका-६ बेल्डीस्थित वन क्षेत्रमा बनेका अवैध घरटहरा संयुक्त टोलीले भत्काएको हो।
- निर्वाचनको समयमा वन कर्मचारी निर्वाचनमा खटिएका बेला केही स्थानीयले रातारात घर बनाएका थिए।
रौतहट । रौतहटको वन क्षेत्रभित्र अवैध रूपमा निर्माण गरिएको ६ वटा घरटहरा भत्काइएको छ । चन्द्रपुर नगरपालिका–६ बेल्डीस्थित वन क्षेत्रमा निर्माण गरिएका अवैध घरटहरा भत्काएको हो।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, सशस्त्र प्रहरी बल बेस क्याम्प सन्तपुर, चन्द्रपुर सब–डिभिजन वन कार्यालय तथा रङपुर साझेदारी वन उपभोक्ता समूहको संयुक्त टोलीले वन क्षेत्रमा निर्माण गरिएको ६ वटा अवैध घर तथा छाप्रा भत्काएर बिहीबार अपराह्न अतिक्रमण हटाएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहले बताएका छन् ।
डिभिजन प्रमुख साहका अनुसार गत २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा वन कर्मचारीहरू निर्वाचन कार्यमा खटिएका बेला केही स्थानीयले वन क्षेत्रमा रातारात घर तथा छाप्रा निर्माण गरी अतिक्रमण गरेको थियो । उक्त वन क्षेत्र खाली गराउन अवैध संरचना हटाइएको हो ।
प्रमुख साहले कुनै पनि बहानामा वन अतिक्रमणलाई छुट नदिइने स्पष्ट पारेका छन् । वन क्षेत्रको संरक्षणका लागि अवैध रूपमा घर निर्माण नगर्न तथा वन अतिक्रमण नगर्न सर्वसाधारणलाई उनले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण