नेकपाले भन्यो- निर्वाचनले लोकतन्त्रलाई फेरि लिकमा ल्याउने स्थिति बन्यो
सारांश
- नेकपाले प्रतिनिधि सभा निर्वाचनले लोकतन्त्रलाई सही दिशामा ल्याउने निष्कर्ष निकालेको छ।
- पार्टीले मतदाताको अभिमतलाई सम्मान गर्दै संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनाएको छ।
- नेकपाले निर्वाचनमा अपेक्षाअनुसार नतिजा नआउनुमा पार्टी संगठन समायोजन र प्रचार प्रसारको कमीलाई मुख्य कारण मानेको छ।
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनले लोकतन्त्रलाई पुनः लिकमा ल्याउने स्थिति बनाएको निष्कर्ष निकालेको छ।
नेकपाले मातहतका कमिटीमा ‘निर्वाचन विशेष निर्देशन–३’ पठाउँदै विभिन्न आशङ्का, अनिश्चितता र षड्यन्त्रको पृष्ठभूमिमा असामान्य अवस्थामा भएको निर्वाचनले लोकतन्त्रलाई ट्रयाकमा ल्याउन सकारात्मक भूमिका खेलेको बताएको हो।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालद्वारा हस्ताक्षरित उक्त निर्देशनपत्रमा मतदाताले दिएको अभिमतलाई सम्मान गर्दै पार्टीले अब संसद्मा जिम्मेवार प्रतिपक्षको रचनात्मक भूमिका निर्वाह गर्ने स्पष्ट पारिएको छ।
नेकपाले निर्वाचनमा आफूहरूले अपेक्षा गरेअनुसारको परिणाम आउन नसक्नुका पछाडि भने विभिन्न कारणहरू रहेको स्वीकार गरेको छ। भर्खरै एकता प्रक्रियाबाट अगाडि बढेको पार्टीको सङ्गठन समायोजनको कार्य सम्पन्न नहुँदै निर्वाचनमा होमिनुपरेको अवस्थालाई मुख्य कारण मानिएको छ।
छोटो समयका कारण पार्टीको विचार, नीति, कार्यक्रम र नयाँ चुनाव चिह्न जनतामा स्थापित गर्न नसकिएको नेतृत्वको बुझाइ छ। यसका साथै भाद्र २३ र २४ गतेको घटनापछिको राजनीतिक अन्योल र सञ्चारमाध्यममा फैलाइएका भ्रामक तथा नकारात्मक प्रचारलाई चिर्न पर्याप्त समय नहुँदा परिस्थिति पार्टीको अनुकूल बन्न नसकेको नेकपाको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ः कसले हारे कसले जिते ?
-
असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरूको कर मिनाहा हुने
-
गण्डकीमा ७८ प्रतिशत रोपाइँ
-
पुँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट : मन्त्रालयले सार्वजनिक गर्यो स्वीकृत सूची
-
प्रतिस्पर्धाबिना नास्टमा उपकुलपति नियुक्त गरेपछि वैज्ञानिकहरू रुष्ट, उठाए प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण