सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

समीक्षाले गाइन् `कालकट्टी´काे गीत

शुक्रबार, २९ फागुन २०८२, १३ : ०२
शुक्रबार, २९ फागुन २०८२

काठमाडौँ । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र 'कालकट्टी' को गीत रेकर्डिङ्ग कार्य सम्पन्न भएको छ। गीतमा लोकप्रिय गायिका समीक्षा अधिकारीले स्वर दिएकी छिन्।

राजधानीको डिबिएचडी स्टुडियोमा गीतको रेकर्डिङ्ग  गरिएकाे हाे । भीम बिस्टको शब्द तथा सङ्गीत रहेको उक्त  गीतको सङ्गीत संयोजन (एरेन्ज) एचबिएन किस्मतले गरेका हुन्। अमरदीप सापकोटाको लेखन तथा निर्देशन रहने चलचित्रको छायाङ्कन आगामी चैत महिनाकोबाट सुरु हुने निर्माता रघुनाथ सापकोटाले जानकारी दिए। 

फिल्मका लागि हाल कलाकार तथा प्राविधिक टोलीको छनोट प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको छ। निर्देशक सापकोटा स्वयंले चलचित्रको कथा, पटकथा तथा संवाद तयार पारेका हुन्। फिल्ममा निसाल पौडेलको छायाङ्कन रहनेछ। चलचित्रलाई देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ भने यसको डिजिटल अधिकार ओएसआर डिजिटल (OSR Digital) सँग सुरक्षित गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप