इनिसा मृत्यु प्रकरण : न्यायका लागि विद्यार्थी सडकमा
सारांश
- १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या भएको विरोधमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।
- इंसा वीरेन्द्रनगरको सामुदायिक वनमा मृत फेला परेकी थिइन्, उनको शव अस्पतालमा छ।
- प्रहरीले घटनाको शंकामा केही किशोरहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
सुर्खेत । बलात्कारपछि हत्या गरिएको भनिएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि उनी अध्ययनरत विद्यालयका विद्यार्थीहरुले सडक प्रदर्शन गरेका छन् ।
इनिसा वीरेन्द्रनगरको उषा बालबाटिकामा अध्ययनरत थिइन् । गुर्भाकोट नगरपालिका– ६ बडाखोली स्थायी घर भएकी इनिसा शनिबार बिहान वीरेन्द्रनगर नगरपालिका—४, को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् ।
प्रहरीले उनलाई प्रदेश अस्पताल पुर्याउँदा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । उनको शव अहिले अस्पतालमै छ । हाल वीरेन्द्रनगर नगरपालिका–१ मा परिवारका साथ बस्दै आएकी थिइन् ।
शनिबार बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी उनको सामूहिक बलात्कारपछि हत्या भएको आरोप परिवारको छ । प्रहरीले घटना घटेकै दिन फागुन २३ गते शनिबार घटनास्थलबाटै १६ वर्षीय बालकलाई नियन्त्रणमा लिएको थियो । जुन व्यक्तिले इनिसासँग आफ्नो प्रेम सम्बन्ध रहेको बताएका छन् ।
पीडित पक्षले फागुन २४ गते उजुरी दिएका थिए । सोही उजुरीका आधारमा अन्य १५, १६ र १७ वर्षीय बालकहरूलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले बताए ।
अभियुक्त भनिएकाहरू पनि उषा बालबाटिकामै अध्ययनरत विद्यार्थीहरू हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण