सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

इराकमा अमेरिकी इन्धन आपूर्ति गर्ने सैन्य विमान दुर्घटना

शुक्रबार, २९ फागुन २०८२, १४ : १२
शुक्रबार, २९ फागुन २०८२

सारांश

  • इराकको पश्चिमी क्षेत्रमा अमेरिकी सेनाको इन्धन आपूर्ति गर्ने सैन्य विमान दुर्घटनाग्रस्त भयो।
  • दुर्घटनाको कारण अझै अज्ञात छ, तर सेन्टकमका अनुसार यो शत्रुको आक्रमण होइन।
  • विमानमा चालक दलको अवस्था अज्ञात छ, तर केसी-१३५ ले लडाकु विमानलाई इन्धन भर्ने गर्छ।

बगदाद । इराकको पश्चिमी क्षेत्रमा अमेरिकी सेनाको इन्धन आपूर्ति गर्ने सैन्य विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटनापछि उद्धार कार्य जारी रहेको अमेरिकी सेनाले जनाएको छ । अमेरिकी सेनाको मध्यपूर्व कमान्ड सेन्टकमका अनुसार बोइङ केसी–१३५ स्ट्र्याटोट्याङ्कर विमान पश्चिमी इराकमाथि उडानका क्रममा दुर्घटनाग्रस्त भएको हो ।

सेन्टकमले जारी गरेको प्रारम्भिक जानकारीअनुसार विमान शत्रु वा आफ्नै पक्षको आक्रमणका कारण खसेको होइन । दुर्घटनाको वास्तविक कारण भने अझै खुल्न सकेको छैन । अमेरिकी सेनाका अनुसार उक्त घटनामा दुई विमान संलग्न थिए । दुर्घटनाग्रस्त भएको केसी–१३५ सँगै उडिरहेको अर्को विमान भने सुरक्षित रूपमा अवतरण गर्न सफल भएको बताइएको छ ।

दुर्घटनाग्रस्त विमानका चालकदलको अवस्थाबारे हालसम्म स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन । सामान्यतया यो विमानमा एक जना पाइलट, एक जना सह–पाइलट, इन्धन आपूर्ति उपकरण सञ्चालन गर्ने बूम अपरेटरगरी ३ जनासम्म चालकदल हुन्छन् । तर केही अवस्थामा ५ जनासम्म पनि हुन सक्छ ।

केसी–१३५विमानहरू आकाशमै अन्य लडाकु विमानलाई इन्धन भर्ने क्षमताका कारण अमेरिकी सैन्य अभियानमा अत्यन्त महत्वपूर्ण मानिन्छन् । यी विमानहरू खाडी युद्धकोसमयमा पनि व्यापक रूपमा प्रयोग गरिएको थियो, जसले लडाकु विमान र बमवर्षक विमानलाई लामो दूरीसम्म उडान गर्न सहयोग पु‍र्याएको थियो ।

हाल अमेरिका र इरानबीचको युद्धका क्रममा अमेरिकी सेनाले कम्तीमा चारवटा विमान गुमाइसकेको बताइएको छ । यसअघि यही महिनाको सुरुमा एफ–१५ इगलका तीनवटा लडाकु विमान कुवेतको ‘मैत्रीपूर्ण फायर’ले खसेको ििथयो । तर यस घटनामा चालकदलका सबै सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप