सोलारसहितका बस बिसौनीका विज्ञापन सामग्री हटाउन थालियो
काठमाडौँ । महानगर प्रहरी बलले सोलारसहितका २५ वटा बस विसौनीका विज्ञापन सामग्री हटाएको छ । सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत त्रिलोक संरचना प्रा. लि. ले ३९ वटा बस बिसौनी निर्माण गरेर विज्ञापन राखेको थियो ।
महानगरपालिकाले २०६९ भदौ १४ गते प्रा. लि. सँग पहिलो पटक सम्झौता गरेको थियो । यो सम्झौता २०७१ चैत २६ गते पहिलो पटक र २०७८ साल साउन २५ गते दोस्रो पटक सम्झौता नविकरण गरिएको थियो ।
सम्झौता बमोजिम बिज्ञापन नबुझाएको विवरण र विज्ञापन बोर्ड हटाउन तथा राख्न नदिने व्यवस्थाका लागि राजस्व विभागबाट पत्र प्राप्त भएपछि हामीले हटाउन थालेका हौँ । महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशी भन्नुहुन्छ, ‘विज्ञापन हटाउने क्रमलाई निरन्तरता दिइनेछ ।’
पछिल्लो सम्झौताबमोजिम महानगरपालिकाले वृद्धि गरेको विज्ञापन करको दरमा वार्षिक वुझाउनु पर्ने रबम वृद्धि भएको अनुपातमा थप गरेर विज्ञापन कर बुझाउनु पर्नेमा निर्माण पक्षले कर बुझाउनु पर्ने थियो । २०८२ वैशाख ११ गते वृद्धि भएको रकम बुझाउन पत्राचार गरिए पनि अहिलेसम्म बुझाएको छैन । वरिष्ठ राजस्व अधिकृत प्रदिप कोइराला भन्नुहुन्छ, अहिलेसम्मको १६ लाख १३ हजार २२४ रुपियाँ बुझाउन बाँकी छ ।
आर्थिक वर्ष २०७८/०७९ मा विज्ञापनको दर प्रति स्क्वायर फिट ७ सय रुपियाँ थियो । आर्थिक वर्ष २०८०/०८१ मा वृद्धि भएर प्रति स्क्वायर फिट १ हजार रुपियाँ पुगेको थियो । वरिष्ठ राजस्व अधिकृत कोइरालाका अनुसार बिज्ञापन कर १५ लाख ८३ हजार ९३९ रुपियाँ र नपुग रोयल्टी २९ हजार २८५ रुपियाँ दाखिला हुन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा तत्काल निर्बाध सहायता वितरण सम्भव गराउन खाडी मुलुकको जोड
-
पढ्यौँ, बढ्यौँ तर समाजसँग जोडिएनौँ
-
मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन
-
घरको नक्सा पास गर्ने र सम्पन्न प्रमाणपत्र दिने प्राविधिक एउटै हुन नपाउने, स्थानीय तहलाई परिपत्र
-
नीलो ध्वजा पताकाले सजियो भरतपुर (तस्बिरहरू)
-
झापामा दुई सय ८५ जनालाई रोजगारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण