बाउन्ड्री बचाउने क्रममा घाइते भएका पाकिस्तानी अलराउन्डर तलत अस्पताल भर्ना
सारांश
- बंगलादेशविरुद्धको खेलमा फिल्डिङ गर्दा पाकिस्तानी अलराउन्डर हुसेन तलत घाइते भए।
- लिटन दासको प्रहार रोक्ने क्रममा तलत बाउन्ड्री लाइनमा चिप्लिएर बोर्डमा ठोक्किए।
- उनलाई अस्पताल लगियो र उनको चोटको गम्भीरता जाँच गर्न थप परीक्षण हुनेछ।
ढाका । बंगलादेशविरुद्धको दोस्रो एकदिवसीय खेलका क्रममा फिल्डिङ गर्दा गम्भीर घाइते भएका पाकिस्तानी अलराउन्डर हुसेन तलतलाई ढाकाको स्थानीय अस्पताल भर्ना गरिएको छ। ढाकास्थित शेर-ए-बंगला रंगशालामा जारी खेलको छैटौँ ओभरमा बंगलादेशी ब्याटर लिटन दासले प्रहार गरेको बल बाउन्ड्री लाइनमा रोक्न खोज्दा तलत नराम्ररी पछारिएका थिए।
मोहम्मद वासिमको बलमा कभर क्षेत्रतर्फ गएको बललाई भित्र तान्न खोज्दा उनी बाउन्ड्रीको फोममा चिप्लिएर विज्ञापन बोर्डमा ठोक्किएका थिए। सोही क्रममा उनी देब्रे काँधको बलले जमिनमा बज्रिएपछि मैदानमै छटपटाएका थिए।
घटनालगत्तै मैदानमा रहेका खेलाडी र चिकित्सक टोली तलतको सहयोगका लागि दौडिएका थिए। प्रारम्भिक उपचारपछि उनलाई स्ट्रेटरमा राखेर एम्बुलेन्समार्फत अस्पताल लगिएको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले एक विज्ञप्ति जारी गर्दै तलतको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको छ। विज्ञप्ति अनुसार टिमको मेडिकल स्टाफले मैदानमै तत्काल प्राथमिक उपचार दिए पनि थप विस्तृत परीक्षण र चोटको गम्भीरता बुझ्न उनलाई अस्पताल पठाइएको हो।
डाक्टरहरूको पूर्ण मूल्याङ्कनपछि मात्र उनी कति समय मैदान बाहिर रहनेछन् भन्ने कुरा स्पष्ट हुनेछ। तलत घाइते भएको केही बेरमै मैदानमा चट्याङसहित असिनापानी परेपछि खेल समेत प्रभावित भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न ६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण