जनतामाझ पार्टीले गरेका काम पुर्याउन नसक्दा हार बेहोर्नुपर्यो : एमाले
सारांश
- नेकपा एमालेको सचिवालय बैठकले निर्वाचनमा हार बेहोर्नुको कारण पत्ता लगाउन नसकेको निष्कर्ष निकाल्यो।
- पार्टीले गरेका काम र घटनाक्रम जनतासम्म पुर्याउन नसक्दा हार व्यहोर्नुपरेको सचिव लेखराज भट्टले बताए।
- बैठकमा पार्टी नेतृत्वमाथि भएको आक्रमण र पार्टीको भूमिकाबारे जनतालाई प्रस्ट पार्न नसकेको स्वीकार गरियो।
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले पार्टीले गरेका काम र भोगेका घटनाक्रम जनतासम्म स्पष्ट रूपमा पुर्याउन नसक्दा निर्वाचनमा हार बेहोर्नुपरेको निष्कर्ष निकालेको छ ।
शनिबार फागुन ३० गते अध्यक्ष केपी ओली निवास भक्तपुरको गुण्डुमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी सचिव लेखराज भट्टले यस्तो बताएका हुन् ।
भट्टका अनुसार पार्टीले गरेका काम, भदौ २३ र २४ गते भएको घटनासहितका विभिन्न राजनीतिक घटनाक्रम तथा पार्टी नेतृत्वमाथि भएको आक्रमणलाई जनतामाझ स्पष्ट रूपमा राख्न नसक्दा जनमत प्रतिकूल गएको बुझाइ बैठकमा व्यक्त भयो ।
उनले भने, ‘हामीले गरेका काम जनतासम्म पुर्याउन सकेनौँ । भदौ २३ गतेको घटना पनि जनतासँग प्रस्ट पार्न सकेनौँ, त्यसैले हार बेहोर्नुपर्यो । ती घटनाक्रममा पार्टी नेतृत्वको भूमिका के थियो र पार्टीमाथि कसरी आक्रमण भयो भन्ने कुरा जनतामाझ लैजान सकेनौँ।’
भट्टका अनुसार पार्टी र नेतृत्वप्रति विभिन्न किसिमका आरोप र आलोचना हुँदै एउटा प्रकारको भाष्य निर्माण भएको थियो । उक्त भाष्यलाई तथ्यका आधारमा जनतामाझ स्पष्ट पार्न नसक्दा एमालेविरुद्ध जनमत गएको निष्कर्ष पार्टीभित्र बनेको छ ।
‘एमाले र नेतृत्वप्रति आक्रमण भयो, तर त्यो कुरा जनताबिच प्रभावकारी रूपमा बुझाउन सकेनौँ । त्यसले एउटा खालको भ्रम पैदा गर्यो र त्यही भाष्यले हाम्रो विपरीत जनमत बन्यो भन्ने बुझाइ बनेको छ,’ उनले भने ।
यसैबिच पदाधिकारी तहमा विवाद चलेको भन्ने विषयमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा भट्टले आफूलाई त्यस्तो विवाद भएको जानकारी नभएको बताए । ‘म त भर्खरै हिजो राति मात्रै आएको हुँ, मैले त्यति बुझ्या छैन । कहाँ आरोप–प्रत्यारोप भयो भन्ने विषयमा जानकारी छैन,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
-
निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित
-
बैंकिङ क्षेत्रलाई राष्ट्र बैंकको 'ब्याक-टू-ब्याक' निर्देशन: अविश्वास कि माइक्रो म्यानेजमेन्ट ?
-
इरान युद्धमा मध्यस्थ भूमिका खेलेको पाकिस्तानले पाउला त आर्थिक लाभ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण