घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सारांश
- आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घटेको छ।
- चाँदीको मूल्य पनि घटेर तोलामा २२५ रुपैयाँ कायम भएको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ।
काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको छ। शुक्रबार भने यही सुनको मूल्य तोलामा ३ लाख १४ हजार २०० रुपैयाँ थियो।
यस अनुसार दुई दिनमै सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घटेको हो।
महासंघका अनुसार आइतबार सुनको मूल्य १० ग्रामको २ लाख ६५ हजार २६० रुपैयाँ रहेको छ। शुक्रबार भने १० ग्राम सुनको मूल्य २ लाख ६९ हजार ३७५ रुपैयाँ थियो।
यसैगरी चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदी तोलामा ५ हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। शुक्रबार भने चाँदीको मूल्य तोलामा ५ हजार ४९५ रुपैयाँ थियो। यो अवधिमा चाँदीको मूल्य तोलामा २२५ रुपैयाँले घटेको छ।
महासंघका अनुसार आइतबार चाँदीको मूल्य १० ग्रामको ४ हजार ५१८ रुपैयाँ कायम भएको छ। शुक्रबार १० ग्राम चाँदीको मूल्य ४ हजार ७११ रुपैयाँ थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण