फोटोफिचर
सचिवालय बैठकमा सहभागी हुन घण्टीघर पुगे रास्वपाका नेता (तस्बिरहरू)
आइतबार, ०१ चैत २०८२, १२ : २४
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ, जसमा नेताहरू सहभागी छन्।
- स्वास्थ्यमा सुधार नआएका कारण सभापति रवि लामिछाने भर्चुअल रूपमा बैठकमा सहभागी हुनेछन्।
- बैठकमा समानुपातिक उम्मेदवार सिफारिस र बालेन शाहलाई संसदीय दलको नेता बनाउने विषयमा छलफल हुनेछ।
काठमाडौँ । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक बस्दैछ । बैठकमा सहभागी हुन रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थली (घण्टीघर) मा पुगेका छन् ।
_zTH1ZZfldv.jpg)
स्वास्थ्यमा सुधार नआएका कारण पार्टी सभापति रवि लामिछाने भने भर्चुअल रूपमा सहभागी हुने जनाइएको छ । यसअघि शनिवार नै बस्ने भनिएको बैठक सभापति रवि लामिछाने अस्वस्थ भएपछि आजको लागि सारिएको थियो ।
_eSY9roso2s.jpg)
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस र वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन आवश्यक कदमबारे बैठकमा छलफल हुने भएको छ।
_7SqWRiuJz0.jpg)
समानुपातिकतर्फ प्राप्त मतको आधारमा पार्टीले ५७ सिट पाउने छ । प्रत्यक्षतर्फ १२५ सिट जितेकोले प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद रहने भएका छन् । निर्वाचन आयोगले समानुपातिकतर्फका सांसद्को सूची बुझाउन आजसम्मको समय दिएको छ ।
_BJYRpB5mZ2.jpg)
_ll4Fil0MXk.jpg)
_SWHpDcVzvd.jpg)
_y1DoEfVMQh.jpg)
_jJ4EwAg8L6.jpg)
_tKOroVuOQA.jpg)
_4cqS8YDA3O.jpg)
_J6CrDhRVik.jpg)




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण