प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ
नवलपरासी । पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका–७ बाट प्रतिबन्धित लागुऔषधसहित तीन जना युवालाई आज प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपाल भित्र्याउँदै गरिएका विभिन्न प्रकारका लागुऔषधसहित उनीहरुलाई रङ्गेहात पक्राउ गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बेलासपुर नवलपरासीका सशस्त्र प्रहरी उपरीक्षक गाहारधन राईले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा जिल्ला कास्की पोखरा महानगरपालिका–४ बस्ने वर्ष १८ का सुवास गुरुङ्ग, सोही स्थानका वर्ष १७ का जीतबहादुर मगर र पश्चिम नवलपरासी बर्दघाट–५ बस्ने वर्ष १८ का दीपक दर्जी रहेका छन् ।
उनीहरुको साथबाट नेप्सन १८० फाइल, नोफिन एउटा, डाइजेपाम एउटा र फेनेरागन एउटासमेत बरामद गरिएको छ । सशस्त्र प्रहरी अस्थायी पोष्ट त्रिवेणी र इलाका प्रहरी कार्यालय त्रिवेणीको संयुक्त सुरक्षा टोलीले लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पछिल्लो समय नेपाल भारतसँग सिमाना जोडिएको नवलपरासीको बाटो हुँदै लागुऔषधको व्यापक कारोबार हुने गरेको देखिएको छ ।
पछिल्लो केही महिनायता भारतीय बजारबाट खरीद गरी नेपाल भित्र्याएका ठूला परिमाणमा लागुऔषध नवलपरासीको सिमानामा बरामद हुन थालेपछि लागुऔषध नियन्त्रण गर्न सुरक्षा चुनौती देखा परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण