पेरिसमा ट्रम्प र सीबिच शिखर सम्मेलन : शीर्ष आर्थिक अधिकारी भेट्दै
सारांश
- अमेरिका र चीनका आर्थिक अधिकारीहरू पेरिसमा भेट्दैछन्, राष्ट्रपति ट्रम्प र सी जिनपिङको समिटको लागि तयारी हुँदैछ।
- वार्तामा व्यापार नीति, प्रविधि निर्यात, खनिज आपूर्ति र कृषि उत्पादन खरिद जस्ता विषयहरूमा छलफल हुनेछ।
- विश्लेषकहरूका अनुसार तत्काल ठूलो व्यापार सम्झौताको सम्भावना कम छ, तर थप भेटघाटहरूले अवसर सिर्जना गर्न सक्छन्।
वासिङ्टन डीसी । अमेरिका र चीनका शीर्ष आर्थिक अधिकारीहरू पेरिसमा भेट्न लागेका छन् । आगामी महिनाको अन्त्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच हुने समिटको लागि मार्ग प्रशस्त गर्न यो भेट हुन लागेको हो ।
वार्ताको नेतृत्व अमेरिकी पक्षबाट ट्रेजरी सेक्रेटरी स्कट बिस्सेन्ट र व्यापार प्रतिनिधि जेमिसन ग्रियरले गर्नेछन् भने चिनियाँ पक्षबाट भाइस प्रिमियर हे लिफेङ सहभागी रहने बताइएको छ ।
वार्तामा अमेरिकी ट्यारिफ नीति, उच्च प्रविधि निर्यात नियन्त्रण, चीनबाट आयात हुने रयर अर्थ मिनरल्स र म्याग्नेट्सको आपूर्ति र अमेरिकी कृषि उत्पादन खरिद जस्ता विषयमा छलफल हुने अपेक्षा गरिएको छ । बैठक पेरिसस्थित आर्थिक सहकार्य र विकास सङ्गठन (ओईसीडी) को मुख्यालयमा हुनेछ । विश्लेषकहरूका अनुसार समयको कमी र अमेरिकी ध्यान हाल मध्यपूर्वको युद्धमा केन्द्रित भएको कारण ठुलो व्यापार समझदारीको सम्भावना कम छ ।
यसवर्ष ट्रम्प र सीबिच तीन अन्य भेटघाटहरू पनि हुन सक्ने सम्भावना छ । जसमा नोभेम्बरमा चीनमा हुने एपेक र डिसेम्बरमा अमेरिकामा हुने जी ट्वेन्टी समिट समावेश छन् । यसले दुई अर्थतन्त्रबिच थप ठोस समझदारीको सम्भावना सिर्जना गर्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण