सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
राजनीति

एमालेले बुझायो समानुपातिक सांसद बन्ने १६ जनाको नाम

आइतबार, ०१ चैत २०८२, १६ : ०६
आइतबार, ०१ चैत २०८२

सारांश

  • नेकपा एमालेले समानुपातिकतर्फ पाउने सिटअनुसार १६ जना सम्भावित सांसदको सूची निर्वाचन आयोगमा बुझाएको छ।
  • आइतबार निर्वाचन आयोगलाई सम्भावित सांसदहरूको सूची बुझाइएको केन्द्रीय निर्वाचन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए।
  • एमालेले विभिन्न क्लस्टरबाट सांसदका लागि सिफारिस गरेको छ, जसमा महिला, पुरुष, र विभिन्न समुदायका व्यक्तिहरू छन्।

काठमाडौँ । नेकपा एमालेले समानुपातिकमा पाउने सिट अनुसार १६ जना सम्भावित सांसदको सूची निर्वाचन आयोगलाई बुझाएको छ ।

सम्भावित सांसदहरूको सूची आइतबार निर्वाचन आयोगलाई बुझाएको केन्द्रीय निर्वाचन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए ।

एमाले जनजाति क्लस्टरबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, कुलभक्त शाक्यलाई सांसदका लागि सिफारिस गरेको छ ।

त्यस्तै महिलातर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बरालको नाम सिफारिस गरेको छ । 

पुरूषतर्फ गुरुप्रसाद बराल, पुष्पराज कँडेल, थारू पुरूषबाट कृपाराम राना, दलित महिलाबाट विष्णुमाया विक र नीता घतानी र मधेसी महिलामा रिङ्ला यादव तथा यशोधा कुमारी यादव, मधेसी पुरूषतर्फ चन्द्रेश्वर मण्डल र मुस्लिमबाट साजिदा सिद्धिकीलाई सिफारिस गर्ने शनिबार बसेको सचिवालय बैठकले गरेको थियो ।

ती नामहरू आइतबार बुझाएको नेता आचार्यले बताए।

Capture

1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप