शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

७० लाख रुपैयाँ घुस लिएको आरोपमा तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध मुद्दा दायर

आइतबार, ०१ चैत २०८२, १७ : ११
आइतबार, ०१ चैत २०८२

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । आयोगले आइतबार विशेष अदालतमा अधिकारीविरुद्ध ७० लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

अधिकारीले एचके इन्टरप्राइजेज प्रालिका सञ्चालक श्रीकृष्ण श्रेष्ठबाट ७० लाख रुपैयाँ घुस लिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

अधिकारीले सो रकम विकास चापागाई, देवेन्द्र केसी र रवीन्द्र लामिछाने लगायतसँग मिलेर उनीहरूको बैंक खातामा राखेर घरजग्गा कारोबारमा प्रयोग गरेको समेत आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

Capture1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप