काठमाडौँको अपार्टमेन्टमा प्रहरीको छापा, जुवा खेलिरहेका १४ जना पक्राउ
सोमबार, ०२ चैत २०८२, १२ : ५४
सारांश
- काठमाडौँको एक अपार्टमेन्टमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा कागेश्वरी मनहरा नगरपालिका-२ का ५८ वर्षीय जीवन खड्कासहितको समूह रहेको छ।
- प्रहरीले घटनास्थलबाट ३ लाख ६० हजार रुपैयाँ नगद र १५ बुक तास बरामद गरेको छ।
काठमाडौँ । काठमाडौँको मुटुमा रहेको एक अपार्टमेन्टमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौँ महानगरपालिका-१ स्थित ल्याण्डमार्क अपार्टमेन्टको कोठा नम्बर २०६ बाट कागेश्वरी मनहरा नगरपालिका-२ का ५८ वर्षीय जीवन खड्कासहितको समूह पक्राउ परेको हो। प्रहरी वृत्त दरबारमार्गबाट खटिएको विशेष टोलीले आइतबार राति उनीहरूलाई जुवा खेलिरहेकै ठाउँबाट रङ्गेहात समातेको हो।
प्रहरीले जुवाको खालबाट ३ लाख ६० हजार रुपैयाँ नगद र १५ बुक तास समेत बरामद गरेको छ। अपार्टमेन्टमा भाडामा लिएर वा समूह बनाएर ठूलो रकमको हारजित हुने गरी जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो।
पक्राउ परेका सबैलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको र उनीहरूमाथि जुवा ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण