डा. पुण्यराज शाक्यलाई साधारण तारिखमा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश
सारांश
- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार मुद्दामा डा. पुण्यराज शाक्यलाई विशेष अदालतले साधारण तारिखमा रिहा गरेको छ।
- डा. शाक्यले आफू प्राविधिक मूल्याङ्कनमा मात्र संलग्न रहेको र व्यक्तिगत लाभ नलिएको जिकिर गरे।
- अख्तियारले डा. शाक्यसहित अन्य विरुद्ध विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोप लगाएको छ।
काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार सम्बन्धी मुद्दामा विशेष अदालतले प्रतिवादी डा. पुण्यराज शाक्यलाई साधारण तारिखमा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको छ।
साेमबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र उमेश कोइरालाको इजलासले उक्त आदेश दिएको हो । प्रतिवादी डा. शाक्यले अदालत समक्ष बयान दिँदा आफू नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिले तोकेको सदस्यको हैसियतले प्राविधिक तथा आर्थिक मूल्याङ्कनमा मात्र संलग्न रहेको र व्यक्तिगत लाभ नलिएको जिकिर गरेका थिए ।
साथै, उनले आफू २०७१ सालमा नै प्राधिकरणबाट अलग भइसकेकोले त्यसपछिको खरिद सम्झौता र कार्यान्वयनमा आफ्नो संलग्नता नरहेको दाबी गरेका थिए । अदालतले मिसिलमा संलग्न प्रमाणहरू र प्रतिवादीको बयानलाई मध्यनजर गर्दै, तत्काल प्राप्त प्रमाणका आधारमा थुनामा राख्न वा धरौटी माग्न आवश्यक नदेखिएको ठहर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा. पुण्यराज शाक्यसहितका प्रतिवादीहरू विरुद्ध पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको खरिद प्रक्रियामा बदनियतपूर्वक लागत अनुमान अस्वाभाविक रूपमा बढाई भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो ।
आरोपपत्रमा उल्लेख भएअनुसार, चीनको 'China CAMC Engineering Co. Ltd.' सँग मिलेमतो गरी लागत अनुमान अमेरिकी डलर १६ करोड ९६ लाख ९७ हजार हुनुपर्नेमा अस्वाभाविक रूपमा बढाई २४ करोड ४० लाख ४० हजार ४५० कायम गरिएको थियो । यस कार्यबाट सार्वजनिक संस्थालाई ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ ५० पैसा गैरकानूनी हानी पुऱ्याएको दाबी गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ल्यान्डलाई ठुलो झट्का : स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिपमा १२ अङ्क गुमायो
-
अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
-
बेलायतमा नयाँ नेतृत्वका लागि जुलाई ९ बाट मनोनयन खुल्ने, उत्तराधिकारी नचुनिएसम्म स्टार्मर नै प्रधानमन्त्री रहने
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण