शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नेपालतर्फ तस्करी हुन लागेको १८६० कार्टुन काँचो केरा बरामद

मङ्गलबार, ०३ चैत २०८२, ०७ : ३८
मङ्गलबार, ०३ चैत २०८२

सारांश

  • रौतहट र बाराको सीमा क्षेत्रमा तस्करी गरी ल्याउँदै गरेको ठूलो परिमाणको काँचो केरा भारतीय सुरक्षा बलले बरामद गरेको छ।
  • भारतीय सीमा सुरक्षा बलको सूचनाको आधारमा संयुक्त सुरक्षा टोलीले अपरेसन सञ्चालन गरी ४३ वटा कार्टुन बरामद गर्‍यो, पछि थप कार्टुनहरू फेला परे।
  • बरामद गरिएका कार्टुनको संख्या १८६० पुगेको छ, जसको वजन १३.५ केजी प्रति कार्टुन रहेको छ, र यसलाई आवश्यक कारबाहीका लागि प्रहरी चौकीमा बुझाइएको छ।

रौतहट । रौतहट र बारा सङ जोडिएको भारतीय सीमा क्षेत्रबाट तस्करी हुँदै नेपाल भित्र्याउन लागिएको ठुलो परिमाणमा काँचो केरा भारतीय सुरक्षा टोलीले  बरामद गरेको छ।भारतीय सीमा सुरक्षा बल एसएसबीको ७१ बटालियनको इन्टेलिजेन्स सेटअपबाट प्राप्त सूचनाका आधारमा आईएनबी सीमा स्तम्भ नम्बर ३५६–३ नजिक पिठवा गाउँ क्षेत्रमा संयुक्त सुरक्षा टोलीले सोमबार राति  साढे ९ बजे अपरेसन सञ्चालन गरेको थियो।

प्राप्त सूचनाअनुसार एफ कम्पनी जमुनियाको टोलीले झरोखर प्रहरी चौकीसँग समन्वय गरी संयुक्त रूपमा नाका निगरानी गरेको थियो। सो क्रममा केही व्यक्तिहरू टाउकोमा कार्टुन बोकेर तथा मोटरसाइकलमार्फत भारतबाट नेपालतर्फ आउँदै गरेको देखिएको थियो।

नाका टोलीले उनीहरूलाई रोक्न संकेत गर्दा ती व्यक्तिहरूले बोकेका कार्टुनहरू बाटोमै फालेर फरार भएका थिए।

त्यसपछि गरिएको खोजतलासका क्रममा भारतबाट नेपालतर्फ जाने बाटोका विभिन्न स्थानमा काँचो केराले भरिएका कार्टुनहरू फेला परेका थिए। प्रारम्भिक रूपमा ४३ वटा कार्टुन बरामद भएको थियो।

थप खोजी गर्ने क्रममा पिथवा गाउँको एउटा आँपको बगैँचामा ठुलो संख्यामा कार्टुनहरू फेला परेका थिए। त्यसैगरी पिठवा गाउँकै बन्सवाडी क्षेत्रमा त्रिपालले ढाकेर लुकाइराखिएको अवस्थामा पनि धेरै कार्टुनहरू भेटिएको सुरक्षा स्रोतले जनाएको छ।

1000497226

बरामद गरिएको कार्टुनहरूको मालिक पत्ता लगाउन प्रयास गरिए पनि स्थानीय कसैले पनि त्यसको स्वामित्व स्वीकार गरेका छैनन्।

बरामद गरिएको काँचो केरा नासिने प्रकृतिको खाद्यवस्तु भएकाले यसबारे उच्च अधिकारीहरूलाई जानकारी गराइएको बताइएको छ।

एसएसबी ७१ औं बटालियन मुख्यालय पिपराकोठिका सहायक कमाण्डेन्ट विश्वजित तिवारीका अनुसार आँपको बगैंचाबाट ७०७ कार्टुन तथा बन्सवाडी क्षेत्रबाट १११० कार्टुन गरी कुल १८६० वटा कार्टुन काँचो केरा बरामद गरिएको हो। प्रत्येक कार्टुनको तौल करिब १३.५ केजी रहेको जनाइएको छ।

बरामद गरिएको सामग्री आवश्यक कारबाहीका लागि झरोखर प्रहरी चौकीलाई बुझाइएको जनाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप