सकियो फिल्म ‘कार्की साइँला’को छायाङ्कन
सारांश
- राजेन्द्र बस्नेतको निर्देशन रहेको फिल्म 'कार्की साइँला'को छायाङ्कन २१ दिनमा सकियो।
- फिल्मको छायाङ्कन धनकुटा, सुनसरीको चतरा र बराहक्षेत्रमा गरिएको थियो।
- जितु नेपाल र प्रियना आचार्य (मुन्नी) मुख्य भूमिकामा रहेको फिल्ममा अन्य कलाकारको अभिनय पनि रहेको छ।
काठमाडौँ । राजेन्द्र बस्नेतको निर्देशन रहेको फिल्म ‘कार्की साइँला’को छायाङ्कन सकिएको छ । सुटिङ सुरु भएको २१ औँ दिनमा फिल्मको सम्पूर्ण छायाङ्कन सकिएको निर्माण पक्षले जानकारी दियो ।
निर्देशक बस्नेतका अनुसार धनकुटाबाट छायाङ्कन सुरु गरिएको फिल्म सुनसरीको चतरा र बराहक्षेत्र आसपासका क्षेत्रमा खिचिएको छ ।
फिल्ममा अभिनेता जितु नेपाल र अभिनेत्री प्रियना आचार्य (मुन्नी) को मुख्य भूमिका छ। यो फिल्ममा जितु र प्रियनाको पहिलो अभिनयमा सहकार्य हो। साथै फिल्ममा सुशील पोखरेल, वीरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई, कमल देवकोटा लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ ।
कर्णबहादुर फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता बालकुमार राई हुन् भने कृष्ण भगत चाम्लिङले फिल्म प्रस्तुत गरेका छन् । फिल्मलाई डम्बर राईले खिचेका हुन्, भने मुख्य सहायक निर्देशकको जिम्मेवारी रोजल थापाले निभाएका छन् ।
यस्तै फिल्ममा किरण दाहालको द्वन्द्व निर्देशन, दिप्सन लिम्बुको संगीत र सिबी भण्डारीको प्रोडक्सन व्यवस्थापन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण