बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

झमकबहादुरकोे दोस्रो गीत : ‘मृग नयनी तिम्रो आँखामा’

आइतबार, १३ साउन २०७५, १० : ३७
आइतबार, १३ साउन २०७५

काठमाडौं – आगामी शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘झमकबहादुर’को गीत ‘मृग नयनी तिम्रो आँखामा’ सार्वजनिक भएको छ । एक आकर्षक भिडियो सहित गीत सार्वजनिक गरिएको हो ।

गीतमा अभिनेता मिन कुमार तामाङ र अभिनेत्री सुजाता थापाको अभिनय देख्न सकिन्छ । गीतमा अभिनेता मिनले अभिनेत्री सुजाताको अभिनय तारिफ गरेका छन् । मेलिना राई र ओम सुनारको स्वर रहेको गीतको शब्द तीर्थ दामलीले कोरेका हुन् । 

जीवन थापाको नृत्य निर्देशन रहेको गीतको छायाङकन चितवन, पोखरा र काठमाडौं लगायतका स्थानमा गरिएको छ । ओम सुनारको संगीत चलचित्रमा सुन्न सहिन्छ । 

अनुप बिक्रम शाही, यादब देवकोटा (सरापे), राजु कमेडी, मिन कुमार तामाङ, सुजाता थापा, कल्याण अधिकारी, राजन मर्हजनको मुख्य भूमिका रहेको चलचित्रमा पवन गौतमको छायाङकन, अनिल मर्हजनको सम्पादन, राजु किराँत राईको द्धन्द्ध रहेको छ ।

चलचित्रका निर्माता मिन कुमार तामाङ हुन् ,भने सह निर्माता कोपिला कुमारी डल्लाकोटी रहेकी छन् । भोमन कटुवालको निर्देशनमा चलचित्र तयार भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप