सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

प्रदर्शनमा रोकपछि ‘कोशेढुंगा’ले गर्‍यो फेरि सेन्सर

बुधबार, ०४ चैत २०८२, १० : २६
बुधबार, ०४ चैत २०८२

सारांश

  • चलचित्र 'कोशेढुंगा' लाई निर्माण युनिटले १३-१४ मिनेटको दृश्य हटाएर पुनः सेन्सर गरेको छ।
  • गत भदौमा सेन्सर नियम उल्लंघनको विवादपछि बोर्डले फिल्मको प्रदर्शन रोकेको थियो।
  • स्पष्टीकरणपछि, फिल्मको सार्वजनिक प्रदर्शन र फेस्टिभल सहभागिता रोकिएपछि पुनः सेन्सर माग गरिएको थियो।

काठमाडौँ । फिल्म ‘कोशेढुंगा’ फेरि सेन्सर गरिएको छ । निर्माण युनिटले फिल्ममा रहेको १३, १४ मिनेटको दृश्य छोट्याएर पुनः सेन्सर गराको हो । फिल्मको दोस्रो सेन्सर मंगलबार भएको चलचित्र सेन्सर बोर्डका सदस्य सम्पन्न श्रेष्ठले जानकारी दिए ।

गत भदौमा प्रदर्शनमा आएको फिल्म प्रदर्शनरत समयमा  सेन्सर नियम नमानेको भनेर विवादमा पनि परेको थियो । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले बोर्डको निर्देशन नमानेको भन्दै फिल्मको प्रदर्शनमा रोक लगाएको थियो । 

सेन्सरको रोकपछि फिल्मको सार्वजनिक प्रदर्शन तथा फेस्टिभल सहभागितामा समेत रोक लागेको थियो । फिल्मको सबै प्रदर्शन रोक लागेपछि निर्माण युनिटले सेन्सर बोर्डमा स्पष्टीकरण दिँदै फिल्म पुनः सेन्सर माग गरेको थियो ।

सरोज पौडेल निर्देशित श्री नरदेवी फिल्म्स् प्रा.लिद्वारा निर्मित ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, मन्जिल कुमार, सरोज खनाल र हिउँवाला गौतमले अभिनय गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप