अर्थ
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
बुधबार, ०४ चैत २०८२, १० : ५२
सारांश
- आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ, सुन प्रति तोला २ हजार २०० रुपैयाँले घटेको छ।
- चाँदीको मूल्यमा पनि गिरावट आएको छ, चाँदी प्रति तोला १८५ रुपैयाँले घटेर कारोबार भइरहेको छ।
- अन्तर्राष्ट्रिय बजारको मूल्य परिवर्तन अनुसार नेपालमा सुनचाँदीको भाउ घटबढ हुने गर्दछ।
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँले घटेको हो।
मंगलबार प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ६३ हजार ८ सय ५ रुपैयाँ कायम गरिएको छ।
यसैगरी, चाँदीको मूल्यमा पनि आज गिरावट आएको छ। मंगलबार प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८५ रुपैयाँले घटेर ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
१० ग्राम चाँदीको मूल्य भने ४ हजार ४ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य परिवर्तनका आधारमा नेपालमा पनि सुनचाँदीको भाउ घटबढ हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण