वर्तमान संविधानप्रति रास्वपा प्रतिवद्ध छ : रवि लामिछाने
बुधबार, ०४ चैत २०८२, १५ : ०१
सारांश
- रास्वपाका सभापति रवि लामिछानेले पार्टी वर्तमान संविधानप्रति प्रतिबद्ध रहेको बताए।
- उनले शासकीय स्वरुपमा सुधार आवश्यक भए पनि संविधानप्रतिको पार्टीको प्रतिबद्धता नटुट्ने बताए।
- लामिछानेले पुराना राजनीतिक दलका नेताहरूको योगदानलाई सम्मान गर्नुपर्ने कुरामा जोड दिए।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी वर्तमान संविधानप्रति प्रतिवद्ध रहेको बताएका छन्।
बुधबार पार्टीका सांसदहरूको अभिमुखिकरण कार्यक्रमको समापन गर्दै सभापतिले शासकीय स्वरुपमा सुधार आवश्यक भए पनि वर्तमान व्यवस्था, परिवर्तन र संविधानप्रति पार्टीको प्रतिवद्धता डगमगाएको छैन भन्ने स्पष्ट पारे। उनले पार्टीका सांसदहरूले पनि यसलाई डगमगाउन नदिनुपर्ने विश्वास व्यक्त गरे।
सभापतिले पुराना राजनीतिक दलका नेताहरूले गरेको योगदानलाई नजरअन्दाज गर्न नहुने र त्यसलाई अपमानित गर्ने हक कसैलाई नभएको उल्लेख गरे। “इतिहास रच्नमा एउटै नेता वा पार्टीको मात्रै हात हुँदैन,” उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण