प्रधान न्यायाधीश राउतद्वारा तनहुँ जिल्ला अदालत निरीक्षण
तनहुँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले बुधबार जिल्ला अदालतको निरीक्षण गरेका छन्। सो अवसरमा प्रधानन्यायाधीश राउतले तनहुँ जिल्ला अदालतका विभिन्न शाखाको निरीक्षण गर्दै सेवा प्रवाहका बारेमा जानकारी लिए।
त्यसक्रममा प्रधान न्यायाधीश राउतले जनतालाई सहज र सरल रुपमा सेवाप्रवाह गर्न निर्देशन दिए। उनले अदालतप्रति आमनागरिकको भरोसा न्याय प्रणालीको मेरुदण्ड भएको उल्लेख गर्दै असहज परिस्थितिमा पनि सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिए।
तनहुँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायले तनहुँ अदालतमा जेनजी आन्दोलनबाट भएको क्षति, हाल प्रवाह भइरहेको सेवाबारेमा जानकारी गराएका थिए । अदालतका स्रेस्तेदार नन्दप्रसाद आचार्यले जेनजी आन्दोलनका क्रममा भएको तोडफोडले कार्यालय कक्ष, कागजात व्यवस्थापन तथा दैनिक कार्यसञ्चालनमा केही असहजता सिर्जना गरेको जानकारी दिए ।
यद्यपि चुनौतीपूर्ण अवस्थाबीच पनि कर्मचारी र न्यायिक निकायको समन्वयमा सेवाप्रवाह नरोकिएको उनले उल्लेख गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण