पूरै विमानका एक्ला यात्रीः पाइलटले ककपिटमा राखेर खिचे सेल्फी, उपहारसमेत दिइयो
विमानभित्र एक्लो यात्री हुनु एक व्यक्तिका लागि मज्जाको अनुभव साबित भयो ।
साथीको विवाहमा समावेश हुन गएका साद जिलानी ग्रिसको कोर्फूबाट इंगल्याण्डको बर्मिंघर फर्कने तयारीमा थिए ।
उनले ४० युरो (पाँच हजार रुपैयाँ) मा विमानको टिकट बुक गरेका थिए ।
एयरपोर्ट पुगेपछि विमानका कर्मचारीले उनलाई एक सय ६८ सिटे विमानको एक्लो यात्री भएको जानकारी दिए ।
कर्मचारीका अनुसार अन्य यात्रीले अन्तिम अवस्थामा टिकट रद्द गरेका थिए ।
स्रोतका अनुसार साद विमानभित्र चढेलगत्तै उनलाई चालक दलले निकै शानदार स्वागत गरे ।
सादका लागि विमानभित्र निकै राम्रा गित बजाइयो ।
यहाँसम्म कि पाइलटले उनलाई ककपिटमा राखेर सेल्फी पनि खिचे ।
यस्तो स्वागतका लागि सादले चालक दलको तारिफ गर्दै यात्रामा एक्लो हुँदासमेत विमानभित्रका कर्मचारीले आफूलाई कति पनि बोर महसुस हुन नदिएको जानकारी दिए ।
उनी भन्छन्, ‘यो आफैंमा एक पाँचतारे जस्तो अनुभव थियो ।’
विमान कम्पनी जेटटुले उनलाई अवतरण पछि ६० युरोको भौचर पनि दिए जसलाई उनी आफ्नो अर्को यात्रामा प्रयोग गर्न सक्नेछन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण