इरानको सबैभन्दा ठुलो ग्यास फिल्ड उडाइदिने ट्रम्पको चेतावनी
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले कतारमा आक्रमण गरे साउथ पार्स ध्वस्त पार्ने चेतावनी दिए।
- इजरायलले गरेको आक्रमणको बदलामा इरानले कतारको ऊर्जा केन्द्रमा मिसाइल प्रहार गरेको आरोप छ।
- ट्रम्पले इरानलाई कतारमा पुनः आक्रमण गरेमा अमेरिकाले कडा प्रतिकार गर्ने बताए।
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्र साउथ पार्सलाई पूर्ण रूपमा ध्वस्त पारिदिने चेतावनी दिएका छन्। इजरायली हमलाको बदला लिन इरानले कतारमाथि आक्रमण जारी राखेमा अमेरिकाले अहिलेसम्मकै शक्तिशाली प्रहार गर्ने ट्रम्पको घोषणा छ।
सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले इजरायलले पश्चिम एसियामा भइरहेका घटनाको आक्रोशमा इरानको साउथ पार्स ग्यास फिल्डमाथि भीषण आक्रमण गरेको स्वीकार गरेका छन्। ट्रम्पका अनुसार उक्त आक्रमणबारे अमेरिका र कतार दुवैलाई कुनै जानकारी थिएन।
इरानले यथार्थ नबुझी र बिनाकारण कतारको एलएनजी ग्यास केन्द्रमा हमला गरेको भन्दै उनले आपत्ति जनाएका छन्। इरानले कतार जस्तो निर्दोष पक्षमाथि पुनः आक्रमण गरेमा इजरायलको सहमति वा सहयोग बिना नै अमेरिका एक्लैले साउथ पार्स ग्यास फिल्डलाई नामेट पारिदिने ट्रम्पको भनाइ छ। उनले इरानले यसअघि कहिल्यै नदेखेको शक्ति र सामर्थ्यका साथ अमेरिकाले प्रतिकार गर्ने चेतावनी दिएका छन्।
यसअघि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले अमेरिका र इजरायल मिलेर आफ्ना तेल र ग्यास खानीहरूलाई निशाना बनाएको आरोप लगाएको थियो। इजरायली हमलाको केही घण्टापछि नै इरानले कतारको मुख्य ऊर्जा केन्द्र रास लाफान इन्डस्ट्रियल सिटीमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो। कतारको रक्षा मन्त्रालय र कतार इनर्जीका अनुसार उक्त आक्रमणबाट ऊर्जा केन्द्रमा ठूलो क्षति पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण