संवादको प्रतिफलस्वरुप निर्वाचन सम्पन्न भयो : रामप्रसाद भण्डारी
सारांश
- कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जेनेजी आन्दोलनपछि संवादले निर्वाचन सम्पन्न भएको बताए।
- उनले सबैको सहयोगमा निर्धारित समयमा चुनाव सम्पन्न भएको भन्दै सबैलाई धन्यवाद दिए।
- भण्डारीले नवनिर्वाचित सांसदहरूले विधान बनाउने र मुलुक चलाउने नीति बनाउनुपर्ने बताए।
काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जेनजी आन्दोलनपछि सबै पक्षसँग छलफल र सकारात्मक संवादका कारण फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको बताएका छन् ।
बिहीबार समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित ११० जना सांसदहरूलाई प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले यस्तो बताएका हुन् ।
उनले अन्योलको वातावरणलाई चिर्दै तथा विभिन्न अप्ठ्यारालाई पार लगाउँदै सबैको सहयोगमा निर्धारित समयमा चुनाव सम्पन्न भएको भन्दै सबैको सहयोगका लागि धन्यावाद दिए ।
‘यो आवधिक निर्वाचन नभएर भदौ २३ र २४ को विद्रोहपछि संविधानको संरक्षणका लागि राष्ट्रपतिले घोषणा गरेको निर्वाचन थियो’, भण्डारीले भने, ‘कटुता र निषेधको आशंकाकै बिच आयोगले निर्वाचन कार्यतालिका बनायो र निर्वाचनको विकल्प पनि थिएन ।’
उनले यो निष्ठामा आयोगले सबै पक्षलाई बोलाएर छलफल र संवाद गरेको भन्दै त्यसको परिणाम सांसदहरूले पाएको प्रमाणपत्रलाई लिनुपर्ने बताए । नवनिर्वाचित सांसदहरूलाई बधाई दिँदै उनले नवनिर्वाचित सांसदहरूले अब विधान बनाउने र मुलुक चलाउने नीति बनाउनुहुने अपेक्षा समेत गरे । ‘जसले भड्किएको मनस्थितिलाई लयमा ल्याउन सहयोग हुनेछ’, भण्डारीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण