शुक्रबार र शनिबार लुम्बिनी र कोशीमा तीव्र हावाहुरी चल्न सक्छ : विभाग
बिहीबार, ०५ चैत २०८२, १५ : ४५
सारांश
- जल तथा मौसम विज्ञान विभागले लुम्बिनी र कोशी प्रदेशमा हावाहुरी आउने सम्भावनाबारे सतर्क रहन आग्रह गरेको छ।
- चैत ६ गते शुक्रबार लुम्बिनी प्रदेशका दाङ र बाँकेमा तीव्र हावाहुरी चल्ने पूर्वानुमान रहेको छ।
- शनिबार कोशी प्रदेशको विराटनगर, धनकुटा र धरान क्षेत्रमा पनि हावाहुरी आउन सक्ने सम्भावना छ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार र शनिबार लुम्बिनी र कोशी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चल्ने भन्दै सतर्क रहन सुझाव दिएको छ ।
विभागले बिहीबार मौसम पूर्वानुमान गर्दै चैत ६ गते शुक्रबार लुम्बिनीका दाङ र बाँकेको नेपालगन्ज सहितका स्थानमा तीव्र हावाहुरी चल्ने जनाएको हो ।
त्यसैगरी विभागले शनिबार कोशी प्रदेशका मोरङको विराटनगर, धनकुटा र धरान आसपासका क्षेत्र तथा जिल्लाहरूमा पनि तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ ।
हावाहुरीको गति झन्डै ३३ मिटर प्रति सेकेन्ड (करिब ११९ किलोमिटर प्रतिघण्टा) पुग्न सक्ने विभागको अनुमान छ ।
हावाहुरीको कारण रुख ढल्ने, कमजोर संरचना तथा छाना उड्ने, साथै विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण