‘प्रचण्डले हल नगरेको टिआरसी, अब रवि–बालेनको काँधमा’
सारांश
- जनयुद्धकालीन मुद्दाहरू समाधान गर्न रास्वपाका रवि लामिछाने र बालेन शाहलाई जिम्मेवारी आएको बताइएको छ।
- वरिष्ठ अधिवक्ताले पुराना दलहरू सत्ताको खेलमा लागेको र जनयुद्धको नेतृत्व गैर जिम्मेवार बनेको आरोप लगाए।
- कार्यक्रममा सहभागीहरूले रास्वपा नेतृत्वलाई देश र जनताको हितमा साथ दिने बताए, तर राष्ट्रघात गरेमा चुप नलाग्ने चेतावनी दिए।
काठमाडौँ । जनयुद्धकालीन मुद्दाहरूलाई सत्य निरूपण तथा मेलमिलाप आयोग(टिआरसी)मार्फत हल गर्न नेकपाका संयोजक प्रचण्डसहितका पुराना दलहरू चुकेको भन्दै अब त्यसको जिम्मा रास्वपाका सभापति रवि लामिछाने र प्रस्तावित प्रधानमन्त्री बालेन शाहको काँधमा आएको वक्ताहरूले बताएका छन् ।
बिहीबार राजधानीको संवाद डबलीमा अखिल नेपाल जन सांस्कृतिक महासङ्घले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले रास्वपा नेतृत्व सरकारका राम्रा कार्यमा साथ दिनेसमेत बताएका छन् ।
वरिष्ठ अधिवक्ता एकराज भण्डारीले विस्तृत शान्ति सम्झौतालाई तार्किक निष्कर्षमा पुर्याउनुको सट्टा पुराना दलहरू सत्ता र शक्तिको खेलमै समय बिताएको आरोप लगाए । भण्डारीले जनयुद्धको मुख्य नेतृत्व माओवादी र प्रचण्ड नै गैर जिम्मेवार बन्दा आजको अवस्था आएको जिकिर गरे ।
जनयुद्ध हाँकेर आएको नेतृत्व गैर जिम्मेवार बन्दा दुई दशकमै देशमा ठुलो विद्रोह भएको र त्यसले जनयुद्धको उपलब्धिलाई छायामा पार्न सक्ने खतरासमेत औँल्याए । भण्डारीले टिआरसीलाई आगामी सरकारले हल नगरे त्यसले थप सङ्कट निम्त्याउने चेतावनी दिँदै भने,“रवि र बालेनसहित रास्वपा नेतृत्वले टिआरसीलाई गम्भीरताका साथ लिनुपर्नेछ र त्यसको जिम्मेवारी रवि र बालेन जीहरूको काँधमा आएको छ ।”
“हामी सबैले रास्वपालाई दिएको जनमतको सम्मान गर्नुपर्छ, देश र जनताको हितमा गर्ने हरेक कदमहरूमा साथ पनि दिनुपर्छ, तर उसले पुरानै दलहरूले जस्तै राष्ट्रघात गर्न थाले चुप बस्न पनि हुन्न”, भण्डारीले भने ।
नेकपा(माओवादी)का पोलिटब्युरो सदस्य माइला लामाले जेनजी विद्रोहपछि भएको निर्वाचनमा जनताले प्रस्टसँग परिवर्तनको म्यान्डेट दिएको र त्यसलाई नयाँ सरकारले पूरा गर्ने विश्वास रहेको बताए । लामाले आफूहरूले जनयुद्धमा बगाएको रगत र बलिदानमार्फत देशमा परिवर्तन आएको बताउँदै भने,“हामीहरू जहिले पनि परिवर्तनका पक्षमा हरेको र नयाँ क्रान्तिकारीहरूसँग सहकार्य गर्छौ तर जनघातका विरुद्ध सधैँ लड्न तयार पनि छौँ ।”
अखिल नेपाल जन सांस्कृतिक महासङ्घका महासचिव कुशल बोगटीले २०५५ साल चैत्र ५ गते काभ्रेको अनेकोटमा तत्कालीन राज्यसत्ताले जनकलाकारहरूलाई आगो लगाएर हत्या गरेको सम्झना र सम्मानमा सांस्कृतिक प्रतिरोध दिवस मनाउँदै आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाको रतुवा खोलामा 'ल्याण्डमार्क ब्रिज' निर्माण तीव्र, ५० प्रतिशत काम सम्पन्न
-
दमकमा खैरो हेरोइनसहित एक जना पक्राउ
-
सूर्यविनायक–धुलिखेल सडक : एकातिर द्रुत गतिमा कालोपत्रे, अर्कातिर हिलो र ढलको सास्ती
-
‘एल मेयो’लाई आजीवन कारावास
-
दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
-
काठमाडौँसहित देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण