चलचित्र ‘राम नाम सत्य’ले ल्यायो नयाँ गीत
काठमाडौं । चलचित्र ‘राम नाम सत्य’को ‘धागोले बाटेको’ बोलको गीत अहिले चर्चामा छ । केही अघि सार्वजनिक गीतले युट्युबमा ४० लाख भन्दा बढी भ्यूज पाएको छ । यो गीत चलिरहेको समयमा निर्माणपक्षले नयाँ गीत ‘हुम्लाको लिमी’ सार्वजनिक गरेको छ ।
सार्वजनिक गीतमा एसडी योगी र गीताञ्जली थापा मगरको स्वर, एसडी योगीको संगीत र मौसम अर्यालको शब्द छ । रोमान्टिक शैलीको यो गीतको भिडियोलाई सियोन श्रेष्ठले कोरियोग्राफी गरेका हुन् ।
गीतमा फिल्मका मुख्य नायक विराज भट्ट र नव–नायिका खुशी कार्कीले नृत्य गरेका छन् । यो गीतको छायांकन दैलेखमा गरिएको हो । माइकल इन्टरटेन्मेन्टको हाउसको प्रस्तुतिमा तयार भएको यो फिल्ममा कथा, पटकथा तथा निर्देशन माइकल चन्दको छ ।
उपेन्द्र शाही र स्वेता बिमलीको लगानी रहेको फिल्मका कार्यकारी निर्माताहरुमा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार छन् । मोती कार्की क्रियटिभ प्रोड्यूसर रहेको फिल्मका लाइन प्रोड्यूसर राजेन्द्र आचार्य हुन् । फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र ओम स्पार्कको संगीत छ ।
फिल्ममा विराज भट्ट, सुनिल थापा, सुशिल श्रेष्ठ, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, खुशी कार्की लगायतका कलाकारहरुको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण