सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

केन्द्रीय कारागारबाट फरार एक जना कैदीबन्दी पक्राउ

बिहीबार, ०५ चैत २०८२, १६ : ०६
बिहीबार, ०५ चैत २०८२

सारांश

  • भदौमा जेनजी प्रदर्शनको बेला सुन्धारा कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३५ वर्षीय साईला तामाङ रहेका छन्।
  • उनी बहुविवाह मुद्दामा जेल परेका थिए र भक्तपुरको दुवाकोटबाट पक्राउ परेका हुन्।

काठमाडौँ । गत भदौमा भएको जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ घर भएर भक्तपुर बस्ने ३५ वर्षीय साईला तामाङ छन् । 

बिहीबार उनलाई भक्तपुरको दुवाकोटबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुले रातोपाटीलाई बताए ।

प्रतिवादी भदौ २४ मा जेनजी आन्दोलन हुँदा कारागारबाट भागेका हुन् । उनी बहुविवाह मुद्दामा जेल परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप