सुरक्षण प्रेस खरिद प्रकरण: विशेष अदालतको फैसला विरुद्ध सर्वोच्चमा पुनरावेदन
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रको खरिद प्रकरणमा विशेष अदालतको फैसला विरुद्ध पुनरावेदन दर्ता गरेको छ।
- आयोगका अनुसार, खरिदमा सार्वजनिक खरिद ऐन विपरीत मिलेमतो र लागत बढाइएको थियो, जसबाट राज्यलाई क्षति पुगेको थियो।
- विशेष अदालतको आंशिक सफाइ चित्त नबुझेपछि आयोगले २०८२ चैत ५ गते सर्वोच्चमा पुनरावेदन गरेको हो।
काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रको खरिद प्रकरणमा विशेष अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल समेतका प्रतिवादीहरूले सुरक्षण प्रेसका लागि आवश्यक सफ्टवेयर तथा उपकरण खरिद गर्दा सार्वजनिक खरिद ऐन विपरीत बदनियतपूर्वक मिलेमतो गरेका थिए। परियोजनाको सम्भाव्यता अध्ययन नगरी दुई वटा कार्यक्रममा बजेट माग गरी लागत बढाइएको स्पेसिफिकेशन संशोधनपछि पनि पुरानै लागत अनुमानका आधारमा खरिद गरिएको र आवश्यक नपर्ने Critical IT System खरिद गरिएको आयोगको ठहर छ।
यस्तै Card-based प्रणालीको सट्टा स्पष्ट कारणबिनै Paper-based प्रणाली समेत समावेश गरी दुई वटा प्रिन्टिङ प्रेस खरिद गरिएको र यसबाट राज्यलाई करिब ४० करोड ८५ लाख रुपैयाँ बराबरको हानी पुगेको दाबी गरिएको छ। उक्त रकममध्ये ४० करोड ७५ लाख रुपैयाँ भुक्तानीसमेत भएको आयोगले जनाएको छ।
यस प्रकरणमा विशेष अदालत ले २०८२ वैशाख २१ गते आंशिक सफाइ दिएको थियो। तर उक्त फैसला चित्त नबुझेपछि आयोगले २०८२ चैत ५ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको हो।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत बिगो कायम गरी कैद, जरिवाना तथा थप सजायको मागदाबी गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट : मन्त्रालयले सार्वजनिक गर्यो स्वीकृत सूची
-
प्रतिस्पर्धाबिना नास्टमा उपकुलपति नियुक्त गरेपछि वैज्ञानिकहरू रुष्ट, उठाए प्रश्न
-
'विश्वमा शान्ति, करुणा, सहिष्णुता र मानवताको प्रवर्द्धनमा बौद्ध दर्शनमा आधारित संस्थाहरूको भूमिका महत्वपूर्ण'
-
वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण