कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै
सारांश
- कर्णाली प्रदेशबाट एसइई परीक्षामा ३८ हजार विद्यार्थी सहभागी हुनेछन्।
- सुर्खेतमा सबैभन्दा धेरै र डोल्पामा सबैभन्दा कम विद्यार्थी परीक्षामा भाग लिनेछन्।
- परीक्षा १६१ केन्द्रबाट सञ्चालन हुनेछ, जसमा सुर्खेतमा धेरै केन्द्र छन्।
कर्णाली । यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णाली प्रदेशबाट ३८ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।
कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ छ हजार १२४ गरी जम्मा ३८ हजार ३७९ विद्यार्थी सहभागी उक्त परीक्षामा सहभागी हुन थालेको शिक्षा विकास निर्देशनालय सुर्खेतका सूचना अधिकारी एवं परीक्षा शाखा प्रमुख खिमप्रसाद ढकालले जानकारी दिए ।
उनले भने, “परीक्षामा सबैभन्दा बढी विद्यार्थी सुर्खेतका नौ हजार ७७९ संलग्न हुनेछन् । सबैभन्दा कम डोल्पाबाट ६७४ विद्यार्थी रहेका छन्, जहाँ परीक्षा केन्द्रमात्र चार छन् ।” त्यस्तै दैलेखबाट छ हजार २५३, जाजरकोटबाट चार हजार ८१३, सल्यानबाट चार हजार १४२, रुकुमपश्चिमबाट तीन हजार ९२२ र कालिकोटबाट तीन हजार ७१७ विद्यार्थी परीक्षामा सहभागी हुने परीक्षा प्रमुख ढकालले बताए ।
उनका अनुसार जुम्लाबाट दुई हजार २५५, मुगुबाट एक हजार ५२४ र हुम्लाबाट एक हजार ३०० विद्यार्थी परीक्षामा भाग लिनेछन् । सुर्खेतमा ३४, दैलेखमा २२, कालिकोटमा २०, सल्यानमा १९, जाजरकोटमा र रुकुम पश्चिममा १६–१६, जुम्लामा १४, मुगुमा नौ, हुम्लामा सात र डोल्पामा चार परीक्षा केन्द्र रहेको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण