मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
अपडेट

अर्थमन्त्री खनालको ‘कुलिङ पिरियड’ सुरु, आजदेखि मन्त्रालय गएनन्

शुक्रबार, ०६ चैत २०८२, १६ : ००
शुक्रबार, ०६ चैत २०८२

सारांश

  • अर्थमन्त्री रामेश्वर खनालले निर्वाचन परिणाम पेस भएपछि मन्त्रालयको काममा सहभागी नहुने घोषणा गरे।
  • उनले सामाजिक सञ्जालमा कुलिङ पिरियड सुरु भएको र नाम जोडेर हल्ला नगर्न आग्रह गरे।
  • नयाँ मन्त्री नआएसम्म मन्त्रालयमा प्रशासनिक निर्णय मात्रै हुने र बजेट निर्माण प्रक्रिया नरोकिने बताइएको छ।

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनाल मन्त्रालयका काममा सहभागी नहुने भएका छन् । निर्वाचनको मत परिणामको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहीबार पेस भएसँगै उनले मन्त्रालयको दैनिक काममा सहभागी नहुने घोषणा गरेका हुन् । 

सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले आफ्नो कुलिङ पिरियड सुरु भएको बताए ।  ‘कुलिङ पिरियङ बिगेन्स फ्रम टुडे, नो मोर नेम–ट्याग्ड ट्रायल ब्यालन, प्लिज,आजदेखि कुलिङ पिरियड सुरु भयो। अब नाम जोडेर परीक्षणात्मक हल्ला नफैलाउनुहोस्’ उनले लेखेका छन् ।

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले अब नयाँ मन्त्री नआएसम्म मन्त्रालयमा प्रशासनिक निर्णयहरू मात्रै हुने बताए । ‘मन्त्रीज्यू गर्ने भनेको नीतिगत निर्णय हो, अब त्यो हुँदैन, दैनिक प्रशासनिक निर्णय प्रक्रिया रोकिँदैन’ उनले भने । 

अहिले सरकारले नयाँ आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अघि बढाइरहेको छ । यो प्रक्रियामा समेत कुनै अवरोध नहुने प्रवक्ता पाण्डेयको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप