इरान युद्धमा मर्नेको सङ्ख्या ३१०० नाघ्यो
शुक्रबार, ०६ चैत २०८२, ११ : ३०
सारांश
- इरानमा फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वमा ३,१८६ जनाको मृत्यु भएको छ ।
- मृत्यु हुनेमा १,३९४ सर्वसाधारण, जसमा २१० बालबालिका पनि छन् ।
- मानव अधिकारकर्मीहरूले बढ्दो हिंसा र सर्वसाधारणको ज्यान जाने क्रमबारे चिन्ता व्यक्त गरेका छन्।
तेहरान । इरानमा गत फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वमा ज्यान गुमाउनेको सङ्ख्या ३ हजार १०० नाघेको एक मानवअधिकार संस्थाले जनाएको छ । अमेरिकास्थित मानव अधिकारकर्मी समाचार एजेन्सी (एचआरएएनए) का अनुसार हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार १८६ पुगेको छ ।
संस्थाले सार्वजनिक गरेको विवरणअनुसार ज्यान गुमाउनेमध्ये १ हजार ३९४ सर्वसाधारण रहेका छन्, जसमा कम्तीमा २१० बालबालिका पनि समावेश छन् । त्यसैगरी १ हजार १५३ जनालाई सैनिकको रूपमा वर्गीकृत गरिएको छ भने ६३९ जनाको मृत्युको प्रकृति अझै स्पष्ट हुन सकेको छैन ।
द्वन्द्व सुरु भएयता एचआरएएनएले निरन्तर रूपमा मानवीय क्षतिको विवरण अद्यावधिक गर्दै आएको छ । बढ्दो हिंसासँगै सर्वसाधारणको ज्यान जाने क्रम तीव्र बनेको भन्दै मानवअधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण