कांग्रेस बैठकमा महाधिवेशनबारे छलफल नहुने, दुई एजेन्डा तय
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा १५ औँ महाधिवेशनको मितिबारे छलफल नहुने भएको छ।
- सहमहामन्त्री उदय शमशेर राणाका अनुसार, बैठकमा पार्टी सभापतिको राजीनामा र प्रतिनिधिसभा निर्वाचनको समीक्षा हुनेछ।
- फागुन २१ गतेको निर्वाचनमा कांग्रेसले अप्रत्याशित हार बेहोरेको थियो, जसका कारण बैठक बोलाइएको हो।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनको मितिबारे छलफल नहुने भएको छ । सहमहामन्त्री उदय शमशेर राणाले शुक्रबारबाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनबारे छलफल नहुने जानकारी दिए ।
‘आजबाट सुरु हुने बैठकमा अधिवेशनबारे छलफल हुँदैन । पार्टी सभापतिको राजीनामाबारे छलफल र प्रतिनिधिसभा निर्वाचनबारे प्रारम्भिक समीक्षा गर्ने बैठकको एजेन्डा तय भएको छ,’ सहमहामन्त्री राणाले रातोपाटीसँग भने ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित हार व्यहोरेको कांग्रेसले शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
कांग्रेसभित्र केन्द्रीय कार्यसमिति बैठकबाट १५ औँ महाधिवेशनको कार्यतालिका आउने चर्चा रहे पनि यो बैठकमा त्यसबारे छलफल नहुने सहमहामन्त्री राणाले बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण