कांग्रेस बैठकको सभापतित्व उपसभापति शर्माले गर्ने
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गर्ने भएका छन्।
- सभापति गगन थापाले राजीनामा दिएकाले उपसभापति शर्माले बैठकको अध्यक्षता गर्ने भएका हुन्।
- बैठकमा उपसभापति शर्माले सभापति थापाको राजीनामा छलफलका लागि प्रस्तावका रूपमा पेस गर्नेछन्।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको सभापतित्व उपसभापति विश्वप्रकाश शर्माले गर्ने भएका छन् । शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकको सभापतित्व उपसभापति शर्माले गर्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
‘सभापति गगन थापाले पदबाट राजीनामा दिएकाले उपसभापति विश्वप्रकाश शर्माले बैठकको सभापतित्व गर्ने तय भएको छ,’ कार्यवाहक मुख्यसचिव दुलालले रातोपाटीसँग भने, ‘विधानको व्यवस्था अनुसार नै बैठक त्यसरी अगाडि बढाउन लागिएको हो ।’
बैठकमा उपसभापति शर्माले सभापति थापाको राजीनामा छलफलका लागि प्रस्तावका रूपमा पेस गर्ने जानकारी दुलालले दिए । सहमहामन्त्री उदय शमशेर राणाले केन्द्रीय कार्यसमिति बैठकमा पार्टी सभापतिको राजीनामाबारे छलफल र प्रतिनिधिसभा निर्वाचनबारे प्रारम्भिक समीक्षा गर्ने एजेन्डा तय गरिएको जानकारी दिए ।
सभापति थापाले बुधबार उपसभापति शर्मालाई राजीनामा दिएका थिए । त्यो राजीनामा केन्द्रीय कार्यालयमा दर्ता भने भएको छैन । कार्यवाहक मुख्यसचिव दुलालले राजीनामा दर्ता नभएको र उपसभापतिले केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तावका रूपमा पेस गर्ने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण