‘ग्लोबल मनि विक २०२६’ को अवसरमा प्रभु बैंकद्वारा प्रभातफेरी
काठमाडौँ। ‘ग्लोबल मनि विक–२०२६’ को उपलक्ष्यमा प्रभु बैंक लिमिटेडको कमलादी शाखाले बिहीबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ। "स्मार्ट मनी टल्क्स" भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममार्फत वित्तीय साक्षरता र सचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको बैंकको भनाइ छ ।
प्रभातफेरी कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मासहित बैंकका उच्च पदाधिकारी तथा कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कमलादीस्थित बैंकको कार्यालयबाट सुरु भएको -याली दरबारमार्ग र कमलपोखरी चोक हुँदै पुनः कमलादीमै पुगेर समापन भएको थियो। -यालीका सहभागीहरूले वित्तीय सन्देशमूलक प्ले–कार्ड र ब्यानरहरू प्रदर्शन गर्दै सर्वसाधारणलाई पैसाको सही व्यवस्थापन र बचतको महत्त्वबारे जानकारी गराएका थिए।
"विश्वास लिन्छौँ, विश्वास दिन्छौँ" भन्ने मूल नाराका साथ बैंकिङ सेवा प्रवाह गरिरहेको प्रभु बैंकले हाल नेपालभर ३१२ शाखा कार्यालय, ३१० एटीएम र ७१ एक्सटेन्सन काउन्टरमार्फत ३६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई सडकमार्गबाट काठमाडौँ ल्याइँदै
-
विष्णु पौडेलको पक्राउविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने
-
१० बजे १० समाचार : एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, गृहमन्त्री गुरुङविरुद्ध आयोगमा उजुरी
-
सत्तापक्षकै आक्रोशः बजेट मन्त्रीमुखी भयो
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण