भारतको समाचार एजेन्सी 'यूएनआई'काे कार्यालय सिल गरियो
सारांश
- दिल्लीस्थित यूएनआईको कार्यालयमा प्रहरीले सिल गरेको छ, जसले कर्मचारीहरूलाई बाहिर निकाल्यो।
- सम्पत्ति विभागले भाडा सम्झौता सकिएको भन्दै कार्यालय खाली गर्न निर्देशन दिएको थियो।
- यूएनआईले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै सामाजिक सञ्जालमा आपत्ति जनाएको छ।
नयाँ दिल्ली । भारतको प्रतिष्ठित समाचार एजेन्सीहरूमध्ये एक युनाइटेड न्युज अफ इन्डिया 'यूएनआई' को दिल्लीस्थित प्रधान कार्यालय प्रहरीले सिल गरेको छ। शुक्रबार दिल्लीको रफी मार्गमा रहेको उक्त कार्यालयमा पुलिस र केन्द्र सरकारको सम्पत्ति विभागको टोली पुगेर भवन खाली गराएको हो।
समाचार एजेन्सी पीटीआईका अनुसार दिल्ली पुलिसले उच्च अदालतको आदेशको हवाला दिँदै यो कदम चालेको हो। सम्पत्ति विभागका कर्मचारीहरूले कार्यालयको भाडा सम्झौता समाप्त भएको भन्दै तुरुन्तै ठाउँ खाली गर्न निर्देशन दिएका थिए।
यूएनआईका एक वरिष्ठ कर्मचारीले घटनाको विवरण दिँदै भने, 'साँझपख सरकारी कर्मचारीहरू आए र लिज सकिएको भन्दै हामीलाई तुरुन्तै निस्कन भने। उनीहरू सिधै न्युजरुममा पसेर कर्मचारीहरूलाई जबरजस्ती तानेर बाहिर निकाले।'
यस घटनापछि यूएनआईले सामाजिक सञ्जाल एक्स मार्फत गम्भीर आपत्ति जनाएको छ। उसले लेखेको छ, 'देशको सम्मानित समाचार एजेन्सीको कार्यालय सिल गरिनु प्रेस स्वतन्त्रताका लागि गम्भीर चिन्ताको विषय हो।' एजेन्सीले आफ्ना कर्मचारीहरूलाई व्यक्तिगत सामानसमेत लिन नदिइएको र उनीहरूमाथि दुर्व्यवहार तथा धक्कामुक्का गरिएको आरोप लगाएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा ठुलो संख्यामा पुलिसकर्मीहरू कार्यालयभित्र पसेर पत्रकार र कर्मचारीहरूलाई बाहिर निकालिरहेको देखिन्छ। यस घटनाले भारतमा प्रेस स्वतन्त्रता र सञ्चार माध्यममाथिको सरकारी हस्तक्षेपलाई लिएर नयाँ बहस छेडिदिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण