सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

भोटेबहालमा बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु

शनिबार, ०७ चैत २०८२, १० : ५२
शनिबार, ०७ चैत २०८२

सारांश

  • काठमाडौंको भोटेबहालमा बसले ठक्कर दिँदा दुई पैदल यात्रीको मृत्यु भएको छ।
  • मृत्यु हुनेमा एक भारतीय नागरिक र एक जना अन्य व्यक्ति रहेका छन्।
  • बस चालकलाई प्रहरीले पक्राउ गरेको छ र घटनाबारे अनुसन्धान भइरहेको छ।

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१२ स्थित भोटेबहालमा बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा टेकु बस्दै अँएका भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिसकुमार कुसवाह छन् । 

शुक्रवार साँझ कालिमाटीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको प्रदेश–३–०१–००५ ख ९२९८ नम्बरको बसले ठक्कर दिँदा उनीहरू गम्भीर घाइते भएका थिए । गएराति उपचारको क्रममा ट्रमा सेन्टरमा दुवै जनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।

बस चालक दोलखा घर भएर कपन बस्ने ३५ वर्षीय मानबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त कालिमाटीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप