सिद्धबाबा क्षेत्रमा पहिरो, सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
शनिबार, ०७ चैत २०८२, ११ : १३
सारांश
- सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा खसेर सडक अवरुद्ध भएको छ।
- पहिरोका कारण सडक दुवै तर्फबाट बन्द भएपछि आवागमनमा समस्या आएको छ।
- प्रहरीले पानी रोकिएपछि मात्र यात्रा गर्न र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा जिल्लाको सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । पहिरोका कारण सडक दुवै तर्फबाट बन्द भएपछि आवागमन प्रभावित भएको हो ।
पानी पर्न छाडेपछि सडकमा खसेको ढुङ्गा हटाइने जिल्ला प्रहरीले कार्यालय पाल्पाले जनाएको छ । प्रहरी कार्यालयले यात्रु तथा सवारी चालकलाई पानी पूर्ण रूपमा रोकिएपछि मात्र यात्रा गर्न अनुरोध गरेको छ ।

अहिले बुटवलबाट पाल्पा जाने र आउने सवारी रोकिएका छन्। प्रहरीले यात्रु र सवारी चालकलाई वैकल्पिक मार्गको प्रयोग गर्न वा सुरक्षित समय कुर्न आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
-
१० बजे १० समाचार : सार्वजनिक बिदा पुनरवलोकन गरिने, बजेट कार्यान्वयनबारे ३७ बुँदे मार्गदर्शन
-
झापाबाट हराएका ६५३ जना एक वर्षमा फेला
-
शैक्षिक परामर्श संस्था नवीकरणको अनलाइन आवेदन दिने म्याद थपियो
-
बाजुरा जिप दुर्घटना अपडेट : घाइते भएकामध्ये दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण