महावीरलाई पद्मा अर्यालको जवाफ– 'तपाईँको पोस्टले निराश बनायो'
सारांश
- नेकपा एमालेकी नेतृ पद्मा अर्यालले सांसद महावीर पुनको टिप्पणीप्रति असन्तुष्टि जनाइन्।
- अर्यालले पुनले भ्रमपूर्ण सामग्रीलाई आधार बनाएको र गालीगलौज गरेको आरोप लगाइन्।
- अर्यालले आफूले नयाँ नेताहरूलाई तह लगाउने अभिव्यक्ति नदिएको बताइन्।
काठमाडौँ । नेकपा एमालेकी नेतृ पद्मा अर्यालले सांसद् महावीर पुनले आफूमाथि गरेको टिप्पणीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छिन् । पुनले भ्रमपूर्ण सामग्रीलाई आधार मानेर आफूमाथि गालीगलौजपूर्ण शब्द प्रयोग गरेको भन्दै अर्यालले त्यसको खण्डन गरेकी हुन् ।
सामाजिक सञ्जालमार्फत पुनलाई सम्बोधन गर्दै अर्यालले लेखेकी छिन्–'नयाँ संसदमा तपाईँ जस्तो सुविख्यात एवं प्रतिभावान् सञ्चार प्रविधि विज्ञको उपस्थितिले सूचना प्रविधि क्षेत्रको सुधार एवं भ्रामक सूचनाको नियन्त्रणका सम्बन्धमा सहकार्य हुनेमा म उत्साहित थिएँ। तर आज तपाईँले गरेको पोस्टले निराश बनाएको छ।'
अर्यालले पुनले टिप्पणी गर्दा कुनै पार्टीको मुखपत्र जस्तो फेसबुक पेजमा राखिएको 'मनगढन्ते' र 'विषाक्त' कुरालाई आधार बनाएको आरोप लगाउनुभएको छ। आफूले नयाँ नेताहरूलाई तह लगाउने भन्ने कुनै पनि अभिव्यक्ति नदिएको दाबी गर्दै उनी भन्छिन्, 'मैले नबोलेको विषयमा नियोजित ढंगले राखिएको कन्टेन्टलाई तपाईँ जस्तो जिम्मेवार व्यक्तिले बिना मूल्यांकन प्रचार गरी द्वन्द्वको सिर्जना गर्नु चिन्ताजनक विषय हो।'
राजनीतिक र वैचारिक मतभेद हुनु स्वाभाविक भए पनि जिम्मेवार व्यक्तिले अनर्गल टिप्पणी गर्नु अशोभनीय नहुने अर्यालको तर्क छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण