शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

वसन्त र सुनितामीको ‘माया हिरिक्कै’मा पलको अभिनय

आइतबार, ०८ चैत २०८२, १० : ३३
आइतबार, ०८ चैत २०८२

सारांश

  • सर्जक तथा गायक वसन्त थापा र गायिका सुनितामी परियारको नयाँ लोकलयको गीत ‘माया हिरिक्कै’ सार्वजनिक भएको छ।
  • गीतको भिडियोमा पल शाह र गायिका सुनितामीको अभिनय रहेको छ, जसको निर्देशन गम्भीर विष्टले गरेका हुन्।
  • गायिका सुनितामीले यस गीतलाई दर्शक तथा श्रोताले मन पराउनेमा आशा व्यक्त गरेकी छिन्, उनले ९०० जति गीत गाइसकेकी छन्।

काठमाडौँ । सर्जक तथा गायक वसन्त थापा र गायिका सुनितामी परियारको नयाँ लोकलयको गीत ‘माया हिरिक्कै’ सार्वजनिक गरिएको छ । नवराज पन्तको शब्द रहेको गीतमा वसन्त थापाकै सङ्गीत छ । गीतको एरेन्ज भने श्यामश्वेत रसाइलीले गरेका हुन् ।

गम्भीर विष्टले निर्देशन गरेको गीतको भिडियोमा पल शाहको अभिनय छ । पललाई अभिनयमा गायिका सुनितामीले साथ दिएकी छन् । पवन सुस्लिङको टिमले खिचेको भिडियो प्रविन भट्टले सम्पादन गरेका हुन् । भिडियोको कोरियोग्राफर प्रशान्त मगर हुन् ।

गायिका तथा सुनितामीले आफ्नाले लोकलयको सार्वजनिक गीतलाई दर्शक तथा श्रोताले मन पराउनेमा आशावादी छिन् । बि.स.२०६६ सालमा पहिलो गीत ‘भिरमा लर्क्यो खर’मा स्वर दिएर साङ्गीतिक यात्रा सुरु गरेकी सुनितामीले अहिलेसम्म झन्डै ९ सय गीत गाइसकेको बताउँछिन् । सुनितामीका यसअघिका‘रुमाल साट्न पर्दैन’, ‘साईली रिमै’, ‘अभागी त म हुँ’, ‘ढुङ्गा जस्तो मन’, ‘मेरो बुडाको के मिलेन’ लगायतका गीत हिट छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप