लिपुलेक नक्सा हाम्रो, नियन्त्रण अरूकै : गोकुल बास्कोटा
आइतबार, ०८ चैत २०८२, १३ : २३
सारांश
- एमाले नेता गोकुल बास्कोटाले भारतले लिपुलेक पास प्रयोग गरेकोमा निराशा व्यक्त गरे।
- भारतले चीनसँगको व्यापारका लागि लिपुलेक क्षेत्र खोल्ने घोषणा गरेको छ।
- बास्कोटाले नेपालले आफ्नो भूमिमाथि नियन्त्रण गुमाएको र व्यापारिक नाकामा निरीह बनेको बताए।
काठमाडौँ । एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली पक्षको विरोधलाई बेवास्ता गर्दै भारतले नेपाली भूमि लिपुलेक पास प्रयोग गरेर चीनसँग व्यापार गर्ने तयारी गरेकोप्रति निराशा प्रकट गरेका छन् ।
पाँच वर्षदेखि बन्द नेपालको लिपुलेक क्षेत्र हुँदै भारत–चीन व्यापार मार्ग आगामी जुन १ तारिखदेखि खुलाउने घोषणा गरेपछि एमाले नेता बास्कोटाले यस्तो टिप्पणी गरेका हुन् ।
उनले आइतबार सामाजिक सञ्जालमार्फत भनेका छन्- ‘लिपुलेक नक्सा हाम्रो, नियन्त्रण अरूकै भइहाल्यो। एक सय बिस अर्ब डलरको वार्षिक कारोबार गर्ने दुई छिमेकीको योजनाको सानो व्यापारिक नाकाको हामी छेउमा बसेर हेरिरहनुपर्ने भयो । यस्तै हो– शक्ति र समयको संयुक्त प्रहार !’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण