दोधारा चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति चार प्रतिशत
कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र गतिमा भइरहेको छ । सन् २०२५ डिसेम्बर २४ देखि निर्माण सुरु भएकामा हालसम्म चार दशमलव पाँच प्रतिशत भौतिक प्रगति भएको हो।
नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर अनिल केसीले दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणस्थलमा संरचनाको काम भइरहेको जानकारी दिए । “भारत सरकारको प्राविधिक र आर्थिक सहयोगमा निर्माणाधीन सुक्खा बन्दरगाहको आर्थिक प्रगति तीन दशमलव पाँच प्रतिशत छ”, उनले भने, “माटो फिलिङ, पर्खाल निर्माण, आवास निर्माणका साथै मलेरिया नालामा पुलका लागि जग निर्माण हुँदैछ ।”
इन्जिनियर केसीका अनुसार रु दुई अर्ब ३७ करोड भारतीय रुपैयाँमा निर्माण भइरहेको सुक्खा बन्दरगाह तीस महिनाभित्र सम्पन्न गरिसक्नुपर्नेछ । बन्दरगाह निर्माणका लागि दोधारा चाँदनी नगरपालिका-१ स्थित गौरीशङ्कर सामुदायिक वनमा एक हजार ७०५ रुख कटानी यसअघि गरिएका थियो । उक्त बन्दरगाह निर्माणका लागि नेपाल सरकार र भारत सरकारबीच सन् २०२३ जुन १ तारिखमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो।
विसं २०६४ मा सरकारले कञ्चनपुरको दोधारा चाँदनीस्थित सुक्खा बन्दरगाह निर्माण गर्ने घोषणा गरेको हो । लामो समय जग्गा उपलब्ध नहुँदा निर्माणको विषय अन्योल बनेको थियो । “ढुङ्गा, माटो, गिट्टी, ग्राइभेल र इँटालगायत सामग्री निर्माण कम्पनीले नेपाली प्रयोग गरिरहेको छ”, इन्जिनियर केसीले भन्नुभयो, “त्यो बाहेकका निर्माण सामग्री भारतबाट आयात गरेरकाम अघि बढेको छ ।”
बन्दरगाह निर्माणका लागि प्रयोग हुने ४२ दशमलव ३६ हेक्टर क्षेत्रफलमा दुई वटा गोदाम भवन, क्वारेन्टाइन भवन, भन्सार चेकजाँच भवन, इमिग्रेसन भवन, सुरक्षा भवनलगायत पूर्वाधार निर्माण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । भारततर्फबाट पनि सुक्खा बन्दरगाह सम्मको पहुँचमार्ग निर्माण जारी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण