साढे तीन लाखसहित पोखराबाट ११ जुवाडे पक्राउ
आइतबार, ०८ चैत २०८२, १८ : ५९
पोखरा । पोखराबाट जुवातास खेल्ने र खेलाउनेहरू पक्राउ परेका छन् । पोखरा–१७ ड्यासाइडमा जुवा खेलिरहेको अवस्थामा आइतबार ११ जना पक्राउ परेका हुन् ।
वडा प्रहरी कार्यालय बैदामको टोलीले झण्डै साढे ३ लाख नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जुवाको खालबाट ३ लाख ४६ हजार ९ सय ६५ रुपैयाँ नगद बरामद गरेको कास्की प्रहरी प्रवक्ता डीएसपी हरीबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार, १० बुक तास पनि प्रहरीले फेला पारेको थियो । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण