महामन्त्री प्रदीप पौडेलको १० बुँदे दृष्टिकोण सार्वजनिक
सारांश
- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री प्रदीप पौडेलले १० बुँदे दृष्टिकोण प्रस्तुत गरे।
- उनले सभापतिको राजीनामालाई उच्च नैतिकताको उदाहरण भन्दै अस्वीकृत गर्नुपर्ने धारणा राखे।
- कांग्रेसले आगामी दिनमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्दै आन्तरिक सुधार गर्ने प्रतिबद्धता जनायो।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकमा महामन्त्री प्रदीप पौडेलले पार्टीको वर्तमान अवस्था, आगामी दिशा र राजनीतिक परिवेशबारे १० बुँदे दृष्टिकोण प्रस्तुत गरेका छन्।
बैठकमा उनले सभापति गगनकुमार थापा द्वारा निर्वाचन परिणामको नैतिक जिम्मेवारी लिँदै दिएको राजीनामालाई “उच्च नैतिकताको उदाहरण” भन्दै प्रशंसा गरे। साथै, उक्त राजीनामा अस्वीकृत गर्नुपर्ने धारणा राख्दै उनले संकटका बेला नेतृत्व स्थिरता र सामूहिक उत्तरदायित्व आवश्यक रहेको बताए।
महामन्त्री पौडेलले प्रजातन्त्रका लागि कांग्रेसले दशकौँदेखि गरेको संघर्षको प्रतिफलस्वरूप अहिलेको राजनीतिक उपलब्धि आएको उल्लेख गर्दै नयाँ शक्तिको उदयलाई लोकतान्त्रिक प्रणालीको परिपक्वताको संकेतका रूपमा लिनुपर्ने बताए। उनले निर्वाचनको परिणामभन्दा पनि “प्रणालीको विजय” लाई महत्त्वपूर्ण ठहर गरे।
उनका अनुसार, कांग्रेसले यसपटक स्वच्छ प्रतिस्पर्धा, नयाँ पुस्ताको सहभागिता र अप्राकृतिक गठबन्धनको अन्त्यजस्ता नयाँ राजनीतिक मानक स्थापित गरेको छ। साथै, पार्टीको ‘प्रतिज्ञापत्र’ लाई मुलुक रूपान्तरणको स्पष्ट मार्गचित्रका रूपमा प्रस्तुत गर्दै यसले शासन सञ्चालनका जटिल प्रश्नहरूको समाधान दिने दाबी गरे।
महामन्त्री पौडेलले मतदाताले उदार लोकतान्त्रिक विचारलाई समर्थन गरेको उल्लेख गर्दै कांग्रेसका नीति र सिद्धान्त विजयी भएको बताए। यद्यपि, पार्टी अहिले बाह्य रूपमा कमजोर देखिए पनि यसको वैचारिक र संगठनात्मक जरा गहिरो रहेको उनले स्पष्ट पारे।
उनले नकारात्मक प्रचार, डिजिटल भ्रम र लोकप्रियतावादलाई चुनौतीका रूपमा स्वीकार्दै अब पार्टीले आधुनिक सञ्चार शैली अपनाएर आफ्ना उपलब्धि जनतामाझ प्रभावकारी रूपमा पुर्याउनुपर्नेमा जोड दिए।
आगामी दिनमा कांग्रेसले संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुका साथै जनताका मुद्दामा सडकबाट पनि आवाज उठाउने रणनीति लिने उनले बताए। पार्टीभित्र आन्तरिक सुधार र शुद्धीकरण गर्दै देशव्यापी पुनर्जागरण अभियान अघि बढाउने उनको प्रतिबद्धता छ।
महामन्त्री पौडेलले वर्तमान अवस्थालाई आत्ममूल्यांकनको अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै कांग्रेस पुनः पहिलो शक्ति बन्ने दाबी गरे।
बैठकको अन्त्यमा, सभापतिको राजीनामा अस्वीकृत गर्ने र उपसभापतिको प्रतिवेदनलाई मार्गदर्शक दस्तावेजका रूपमा स्वीकार गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने संकल्प गरिएको छ।
१० बुँदे दृष्टिकोण
१. उच्च नैतिक मूल्यको प्रदर्शन र सामूहिक उत्तरदायित्वः
२. प्रजातान्त्रिक लगानीको ’महान् प्रतिफल’ र प्रणालीको विजयः
३. राजनीतिमा नवीन मानकहरूको स्थापनाः
४. प्रतिज्ञापत्रः मुलुक रूपान्तरणको मार्गचित्रः
५. उदार राजनीतिको अनुमोदन र आयामिक परिवर्तनः
६. ’अदृश्य जरा’ र ’दृश्यमान रुख’ को विम्बः
७. ’नकारात्मक भाष्य’ र लोकप्रियतावादको डटेर सामनाः
८. बहुआयामिक परिवर्तन र कांग्रेसको नवीन भूमिकाः
९. आन्तरिक शुद्धीकरणसहितको देशव्यापी पुनर्जागरणः
१०. पुनरागमनको संकल्पः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण