‘सेतो धरती’ मार्फत नाटकमा डेब्यु गर्दै अभिनेत्री बेनिशा
सारांश
- अभिनेत्री बेनिशा हमालले कान्तिपुर फिल्म एकेडेमीको नाटक 'सेतो धरती' बाट थिएटरमा डेब्यु गर्दैछिन्।
- अमर न्यौपानेको उपन्यास 'सेतो धरती' लाई नाटक बनाउन कान्तिपुर फिल्म एकेडेमीले अधिकार पाएको छ।
- नाटकको मञ्चन मिति, निर्देशक र अन्य कलाकार चैत १३ गते अन्तर्राष्ट्रिय रंगमञ्च दिवसमा सार्वजनिक हुनेछ।
काठमाडौँ । अभिनेत्री बेनिशा हमाल थिएटर अभिनय डेब्यु गर्ने भएकी छन् । उनी कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको नयाँ नाटक ‘सेतो धरती’बाट डेब्यु गर्ने भएकी हुन् । नाटकको मुख्य भूमिका ताराको पात्रमा उनी देखिन लागेकी हुन् ।
अमर न्यौपानेद्वारा लिखित चर्चित उपन्यास मदन पुरस्कार विजेता पुस्तक ‘सेतो धरती’लाई नाटक मञ्चन गर्ने अधिकार कान्तिपुर फिल्म एकेडेमीले पाएको छ । सेतो धरती नाटक बन्ने भन्ने सार्वजनिक भए लगत्तै ताराको भूमिका कसले गर्छिन् भनेर धेरैको कौतुहलता थियो । पछिल्लो समय फिल्ममा फरक–फरक चरित्र गरिरहेकी बेनिशा यसका लागि छनौटमा परेकी हुन् ।
कान्तिपुर फिल्म एकेडेमीले आफ्नै मञ्च कान्तिपुर थिएटरमा योभन्दा अगाडि रेखा थापा, विशाल पहारी लगायतलाई लिएर नाटक मिरा, जीवन लुइँटेल, सनिसा भट्टराई लगायतलाई लिएर शिरीषको फूल र उषा रजक, राज न्यौपाने लगायतलाई लिएर नाटक महारानीको जात्रा को सफलतापूर्वक मञ्चन गरेको थियो । छोटो समयमा नै रङ्गमञ्चमा आफूलाई दरिलो रूपमा उभ्याएको कान्तिपुर थिएटरको यो चौथो नाटक सेतो धरती लाई पनि कलाका पारखीहरूले अपेक्षाका साथ हेरेका छन् ।
हाल वर्कसप र रिहर्सल भइरहेको सेतो धरती को मञ्चन मिति, निर्देशक तथा अन्य कलाकारहरू भने यही चैत १३ गते अन्तर्राष्ट्रिय रङ्गमञ्च दिवसको अवसरमा सार्वजनिक गरिने कान्तिपुर फिल्म एकेडेमी तथा थिएटरका सिइओ प्रकाश पुरीले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इथियोपियाको सत्तारूढ ‘प्रोस्परिटी पार्टी’लाई बहुमत
-
पौडी खेल्ने क्रममा डुबेर आठ वर्षीया बालिकाको मृत्यु
-
जानकी मेडिकल कलेज प्रकरण: ओपी पाण्डे सहित १२ जनालाई प्रतिवादी बनाउन सीआईबीको राय
-
मध्यरातमा रास्वपाले टुंग्यायो मधेसका प्रतिनिधिको सूची (नामावलीसहित)
-
रास्वपाको वैचारिकीमा प्रदीपको प्रश्न, बालेन कडा जवाफ
-
ओयार्जाबालको दुई गोलसँगै पहिलो हाफमा साउदी अरेबियाविरुद्ध स्पेनको ३–० को दबदबा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण