कोलकातामा आकाश दीपको स्थान सौरभ दुबेले लिने, हर्षितको विकल्प भेट्टाउन सकस
सारांश
- कोलकाता नाइट राइडर्सले आईपीएल २०२४ का लागि घाइते आकाश दीपको स्थानमा सौरभ दुबेलाई टिममा अनुबन्ध गरेको छ।
- देब्रे हाते बलर दुबेले यसअघि सनराइजर्स हैदरावादबाट आईपीएलमा डेब्युको अवसर पाएका थिएनन्।
- हर्षित राणाको अनुपस्थितिले केकेआरको बलिङ युनिटमा समस्या ल्याएको छ, किनकि उनको स्थानमा राम्रो विकल्प भेटिएको छैन।
कोलकाता । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को सिजन सुरु हुनुअघि कोलकाता नाइट राइडर्सले आफ्नो टोलीमा महत्वपूर्ण परिवर्तन गरेको छ।
घाइते भएर सिजनभरका लागि बाहिरिएका तीव्र गतिका बलर आकाश दीपको स्थानमा कोलकाताले २८ वर्षीय देब्रे हाते तीव्र गतिका बलर सौरभ दुबेलाई टोलीमा अनुबन्ध गरेको छ। विदर्भका लागि घरेलु क्रिकेट खेल्ने दुबे यसअघि सनराइजर्स हैदरावादको टोलीमा रहे पनि अहिलेसम्म आईपीएलमा डेब्यु गर्ने अवसर पाएका छैनन्।
पूर्व राष्ट्रिय चयनकर्ता सुब्रतो बनर्जीले दुबेलाई एक प्रतिभाशाली बलरको रूपमा व्याख्या गरेका छन्। उनका अनुसार दुबेसँग बल स्विङ गराउने र पिचबाट अतिरिक्त उछाल प्राप्त गर्ने विशेष क्षमता छ।
बनर्जीले सन् २०१९ मा राहुल द्रविडसँगै बंगलादेश भ्रमणका क्रममा एसीसी इमर्जिङ टिम्स एसिया कपमा दुबेको बलिङलाई नजिकबाट नियालेका थिए। पछिल्लो समय उत्कृष्ट लयमा रहेका दुबेले नेट बलरका रूपमा पनि विभिन्न टोलीलाई सहयोग गर्दै आएका थिए।
गत डिसेम्बरमा भएको मिनी अक्सनमा ३० लाख भारु बेस प्राइस रहेका दुबे अनसोल्ड रहेका थिए। उनी रजिस्टर्ड एभाइलेबल प्लेयर पूलमा समावेश भएका कारण कोलकाताले उनलाई रिप्लेसमेन्टको रूपमा भित्र्याउन सफल भएको हो। सन् २०२२ मा हैदरावादले उनलाई टिममा राखे पनि चोटकै कारण उनी खेल्नबाट बन्चित भएका थिए। यसपटक आकाश दीपको चोटले उनलाई आईपीएलको मञ्चमा आफ्नो प्रतिभा देखाउने अर्को ठूलो ढोका खोलिदिएको छ।
अर्कोतर्फ, कोलकाताका लागि अर्का मुख्य बलर हर्षित राणाको अनुपस्थिति भने टाउको दुखाइको विषय बनेको छ। टोलीका एक अधिकारीले क्रिकेट वेबसाइट क्रिकबजलाई दिएको जानकारी अनुसार राणाको विकल्पबारे अहिलेसम्म कुनै ठोस निर्णय हुन सकेको छैन। टोली व्यवस्थापनले राणाको स्तरको भारतीय बलर हाल उपलब्ध खेलाडीको सूचीमा नभएको महसुस गरेको छ। त्यसैले राणाको स्थानमा कसलाई ल्याउने वा उपलब्ध खेलाडीबाटै काम चलाउने भन्नेमा कोलकाता अझै अन्योलमा देखिन्छ।
यो सिजन केकेआरका लागि बलिङ इकाई व्यवस्थापन गर्नु चुनौतीपूर्ण देखिएको छ। आकाश दीप जस्ता अनुभवी बलर गुमाउनु र हर्षित राणाको विकल्प नभेटिनुले टोलीको सन्तुलनमा केही असर पार्न सक्ने अनुमान गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दूधसँग केरा खाँदा शरीरमा के हुन्छ ?
-
मोरङ सिजुवाका उद्धव पाठकबाट मात्रै ठगिए सयौँ युवा, २६८ जनाले दिए निवेदन
-
एयर फ्रायरमा पकाएको खाना खाँदा क्यान्सर हुन्छ ?
-
बढेको अण्डाको मूल्य आजदेखि लागू, कति पुग्यो प्रति क्रेट ?
-
न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
-
धुलिखेल खानेपानी आयोजना पुनः निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण